भिडियो

कविता र आकाशको रोमान्स भिडियोमा हेर्नुस्

By थाहा अनलाइन

October 12, 2018

सैघाली खबर, २६ असोज ।

अभिनेता तथा मोडल आकाश श्रेष्ठ र बुगी वुगीको विजेता कविता नेपालीको फिचरिङ गरिएको ‘मिठो मिठो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा मेलिना राई ,उत्तम थापा र राजनराज शिवाकोटीले स्वर दिएका छन् । गीतमा राजनराज स्वयमले संगीत दिएका हुन्।

डा।राजु बाबु श्रेष्ठको शब्द रहेको छ भने गीतको भिडियालाई सुबोल थापाले कोरियोग्राफी गरेका छन् । निकेश खड्काको निर्देशन रहेको म्युजिक भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।