राप्तीका ४ सहकारी खारेज



दिपक बोहरा,
तुलसीपुर १० साउन ।

राप्तीका ४ वटा सहकारी संस्था खारेज भएका छन् । डिभिजन सहकारी कार्यालय दाङले निस्क्रिय रहेका, राप्तीका ४ वटा सहाकारी संस्थालाई खारेज गरेको हो । बिगत तिन बर्षदेखि आर्थिक कारोबारको विवरण तथा साधारणसभाको प्रतिवेदन नियमितरुपमा डिभिजन सहकारी कार्यलय दाङमा पेस नगरेको, लेखा परीक्षण पेस नगरिएको, कार्यालय सञ्चालन नगरिएकाले सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालय दाङका सहकारी अधिकृत बिनोद पौडेलले जानकारी दिए ।

खारेज हुनेमा दाङका ३ र प्युठानको एउटा सहकारी रहेको सहकारी निरिक्षक समेत रहेका पौडेलले बताए । उनका अनुसार खारेजी हुनेमा दुई वटा दुघ्द , एउटा बचत र एउटा कृषि रहेका छन् ।

दाङको गुरुदेव दुघ्द शहकारी संस्था बेला, लक्ष्मी अमृत दुघ्द शहकारी संस्था लालमटिया, जिबिका कृषि सहकारी संंस्था सतबरिया रहेका छन् भने प्युठानको जनसुबिधा बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

प्रत्येक सहकारी सङ्घसंस्थाले गरेको कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समय भित्रमा रजिस्टार समक्ष पेस गर्नुपर्ने प्रावधान रहेपनि ती सहकारी संस्थाले उक्त प्राबधान पालन नगरेकाले खारेज गरिएको सहकारी डिभिजन कार्यालय दाङका सहकारी निरिक्षक गोपाल पौडेलले बताए ।

सहकारी ऐनको दफा ३४ बमोजिम डिभिजन सहकारी कार्यालयमा विवरण पेस गर्नुपर्ने भएपनि खारेज भएकाहरुले कुनै विवरण दिएका छैनन् । आर्थिक बर्ष २०७२÷०७३ मा ५ वटा सहकारी संस्थालाइै खारेज गरिएको थियो ।
एक सय ८२ सहकारी निष्कृय
गएको आर्थिक बर्ष २०७३÷०७४ राप्तीका १ सय ८२ सहकारी निष्कृय अबस्थामा छन् । तीन बर्ष देखि मासिक रुपमा भएका कामकाजको विवरण, बार्षिक लेखापरिक्षण प्रतिवेदन, विभिन्न समयमा सहकारी डिभिजन कार्यालय, वार्षिक साधारणसभा, बैठकको अभिलेख विवरण नपठाएका राप्तीका १ सय ८२ सहकारी संस्थालाई निष्कृयको सुचिमा राखिएको डिभिजन कार्यालय दाङले जनाएको छ । निष्कृय हुनेमा सबै भन्दा बढि रुकुमका सहकारी छन् ।

रुकुमका ५२, रोल्पाका ४१, प्युठान र सल्यानका ३२÷३२ र दाङका २५ सहकारी निष्कृय अबस्थामा छन् । सहकारी ऐन ०४८ को दफा ४१ को उपदफा ३ अनुसार सहकारी संस्थाहरुको निरीक्षण गर्दा लगातार दुई वर्षसम्म कुनै कारोवार नगरी निष्कृय रहेको पाइए त्यस्ता सहकारी खारेज हुने सहकारी निरिक्षक पौडेलले बताए ।
उनका अनुसार काम गर्ने लक्ष्य ,कार्ययोजना नभएका तथा श्रम गर्न नसक्ने सहकारी संस्थाहरु निष्कृय भएर जाने पौडेलले बताए । उनले सहकारी संख्यात्मक रुपमा बढी भएपनि गुणत्मक रुपमा कम्जोर भएको बताए । ‘

सहकारीहरुको संख्या जति छ , त्यहि अनुसार स्थायिन उत्पादन जति बृद्धि हुनु पर्ने हो’ उनले भने‘ तर त्यसो हुन सकेको छै्रन् ।’ दाङका सहकारीहरुको संख्याका आधारमा बिउ बिजन , कृषि दघ्द , बाख्रा पालमा आत्म निर्भर बनाउन सक्ने भएपनि त्यो हुन नसक्नु सहकारी आन्दोलन कम्जोर बन्दै गएको आभास भएको उनको तर्क छ । अघिल्ला बर्षहरुको तुलनामा गएको आर्थिक बर्षमा भने निष्कृय हुने संख्या घटेको छ । आर्थिक बर्ष २०७२÷०७३ मा रुकुमका ५७ , रोल्पाका ४६ , दाङ, सल्यान र प्युठानका ३६÷३६ सहकारी निष्कृय भएका थिए ।
५८ नयाँ सहकारी
डिभिजन सहकारी कार्यालय दाङमा आर्थिक बर्ष २०७३÷०७४ मा सहकारी दर्ता हुने क्रम घटेको छ । आर्थिक बार्ष २०७२÷०७३ मा राप्तीमा ९९ वटा नयाँ सहकारी दर्ता भएका थिए भने गएको आर्थिक बर्षमा राप्तीमा ५८ सहकारी संस्था मात्रै दर्ता भएका छन् । सहकारी निरिक्षक गोपाल पौडलले दिएको जानकारी अनुसार गएको आर्थिक बर्षमा दाङ, सल्यान र रुकुममा १४÷१४, प्युठानमा ९ र रोल्पामा ६ वटा सहकारी संस्था दर्ता भएका छन् ।
आर्थिक बर्ष २०७२÷०७३ मा दाङमा २८ , रोल्पा र रुकुममा २१÷ २१ , प्युठानमा १५ तथा सल्यानमा १४ वटा सहकार संस्था दर्ता भएका थिए । नगरपालिका क्षेत्रमा यस अघि नै आबश्यक भन्दा धेरै सहकारी दर्ता भएकाले दर्ता हुनेको संख्यामा कमि आएको सहकारी अधिकृत बिनोद पौडेलले बताए । उनले भने ‘ नगरपालिका क्षेत्रमा बचत तथा ऋण सहकारी संस्थाहरु आबश्यक भन्दा धेरै दर्ता भईसकेका छन्, त्यसैले दर्ता हुने संख्यामा कमी आएको हो ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्