सैघाली खबर
दाङ,१० साउन।
तुलसीपुरमा आज स्कुल बसको ठक्करवाट एक जना बालकको मृत्यु भएको छ । शारदा नगरपालिका ३ साउटोला निवासी ३ वर्षिय बालक शिसिर केसी को राप्ती अन्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
स्कुलबाट विद्यार्थी छोड्न गइरहेको ना १ क ६७७० नम्वरको बसले तुलसीपुर उपमहानगरपालिकाका व।डा १२ को क्वाङ्गिमा ठक्कर दिदा
बालक शिसिरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बालकलाई ठक्कर दिने बस स्थानिय बोर्डिङ चन्द्रोदय विद्या कुन्ज को गाडी भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्ट मार्टमको लागी राप्ती अन्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।