बसको ठक्कर बाट ३ बर्षीय बालकको मृत्यु

By थाहा अनलाइन

July 25, 2017

सैघाली खबर दाङ,१० साउन। तुलसीपुरमा आज स्कुल बसको ठक्करवाट एक जना बालकको मृत्यु भएको छ । शारदा नगरपालिका ३ साउटोला निवासी ३ वर्षिय बालक शिसिर केसी को राप्ती अन्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

स्कुलबाट विद्यार्थी छोड्न गइरहेको ना १ क ६७७० नम्वरको बसले तुलसीपुर उपमहानगरपालिकाका व।डा १२ को क्वाङ्गिमा ठक्कर दिदा बालक शिसिरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बालकलाई ठक्कर दिने बस स्थानिय बोर्डिङ चन्द्रोदय विद्या कुन्ज को गाडी भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्ट मार्टमको लागी राप्ती अन्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।