बाँदरको पनि डिभोर्स : जान्नुहोस् बाँदरबारे रोचक तथ्य



झन्डै ३० लाख वर्षअघि मानिस र बाँदर छुट्टिँदै गए । पुच्छर नभएका चिम्पान्जी बाँदर र मानिसबीच ९८ प्रतिशत स्वभाव मिल्छ । उसले बोल्न जानेको भए मानिसभन्दा बुद्धिमानी ठहरिने अनुमान गरिएको छ । बाँदरमध्ये पुच्छर नभएका सबैभन्दा चलाख हुन्छन् । चिन्पान्जीले टीभी हेर्ने, कम्प्युटर चलाउने, आफूलाई मन पर्ने च्यानल हेर्ने र पेन्टिङसमेत गर्ने गर्छन् । पुच्छर नभएका बाँदरमा उल्लिखित क्षमता भए पनि घर बनाएर बस्नुपर्छ भन्ने चेतना विकास भएको छैन ।

नेपाली समाजमा बाँदरलाई सकारात्मक दृष्टिले हेरिँँदैन । तर, कतिपय अवस्थामा मानिसभन्दा बाँदर बुद्धिमानी देखिन्छन् । त्यो उसको क्षमता र विशेषता हो । ‘बाँदरले कहिल्यै बलात्कार गर्दैन,’ बाँदरमा विद्यावारिधि गरेका डा। मुकेश चालिसेले सुनाए, ‘भाले बाँदरले पोथी बाँदर महिनावारी भएको गन्धबाट थाहा पाउँछ ।

उसले उमेर पुगेपछि र बच्चा जन्माउने क्षमता विकास भएपछि मात्रै यौनसम्पर्क गर्छ ।’ बाँदर मानिसजस्तै विकृत छैनन् । डा। चालिसेको बुझाइ छ, ‘मानिसको सोच्ने क्षमता बढी छ । उसले त्यो क्षमता गलत काममा प्रयोग गर्न पनि सक्छ । तर, बाँदरले त्यसो गर्दैनन् । उसले केवल खानका लागि किसानका खेतबारीसम्म पुग्छन् । त्यतिबेला बाँदरले अन्नबाली नष्ट गर्यो भनिन्छ । उसले पनि खान त पर्यो ।’

 

बाँदरले मानिसजस्तो आफ्नो समूहमा बदमासी गर्दैन । गरिहालेमा सम्बन्धित समूहबाट निकालिन्छन् । जंगलमा कहिलेकाहीं एक्लै देखिएका बाँदर बदमासी गरेर कारबाहीमा परेका हुन् भनेर बुझ्न सकिन्छ । ‘समूहबाट निकालिएका प्रायः बाँदर भाले हुन्छन् । पोथी बाँदरले वंश कहिल्यै छाड्दैन,’ बाँदरविद् चालिसेले भने, ‘भाले बाँदर दुई कारणले समूह छाड्नुपर्छ । पहिलो, बदमासी गरेर । दोस्रो, आफ्नै वंशमा हाडनाता करणी हुन्छ भनेर समूहबाट बाहिरिन्छन् ।

’ सम्बन्धित समूहबाट निकालिएपछि उसलाई पुनः समूहमा भित्र्याइँदैन । भित्र्याइहालेमा ऊ अशक्त÷यौनसम्पर्क गर्न नसक्ने भएपछिमात्रै । डा। चालिसेको दाबी छ, ‘उसले समूहमा अन्तर्घात गर्दैन । शत्रुसँग लड्दा केटाकेटी, किशोरदेखि वृद्धवृद्धासम्म लागिपर्छन् । शत्रुसँग लड्दा सबैभन्दा अग्रपंक्तिमा किशोर, त्यसपछि बूढाबूढी र अन्तिममा बच्चाबच्चीसमेत हुन्छन् ।’

 

भाले चिन्पान्जीले दुःख दियो भने पोथीले छाडिदिन्छिन् । बाँदरविद् चालिसेले भने, ‘भालेले फकाउँदा पनि मन फर्केन भने पोथी पोइल जान्छिन् ।’ तर गिप्पन बाँदरले भने चरा, परेवाजस्तै दिदीभाइ, दाजुबहिनीबीच यौनसम्पर्क गर्छन् ।

 

मांसाहारी र साकाहारी दुवै प्रकृतिका बाँदर प्राकृतिक अनुशासनमा रहन्छन् । यौनसम्र्क गर्ने, खानेकुरा खोज्ने, बास बस्ने समय निर्धारण उनीहरू आफैं गर्छन् । जस्तो लंगुर बाँदर चार÷पाँच बजेपछि बास खोज्न थाल्छन् । बूढी बाँदर्नीले बाटो देखाउँदै लैजाने र यो ठाउँ उपयुक्त होला कि भनेर सुझाउँछिन् । आफू बसेको छेउछाउ कोही छन् कि छैनन् भनेर रातो बाँदर राति ११ बजेसम्म खोक्ने गर्छन् । त्यस्तै पहरे बाँदर कोही पुग्न नसक्ने ठाउँमा झुन्डिएर गई बास बस्ने गर्छन् ।

 

अपवादबाहेक बाँदरका खानेकुरा मानिसले खान सक्छन् । बाँदरले खाने अधिकांश खानेकुरामा प्रोटिन हुन्छ । उसले खिर्रो र भलायो पनि पचाउँछ । बाँदरको पेटमा वनस्पतिजन्य पदार्थ खाँदा पचाउने कीरा हुन्छ । बाँदर र मानिस भनेको हाम्रा हातजस्तै हुन् । नेपालमा तीन प्रजातिका बाँदर पाइन्छन् ।

संसारभरि २३४ प्रजातिका बाँदर अस्तित्वमा छन् । त्यसमध्ये पाँच प्रजातिकाका पुच्छर छैन । पाँचमध्ये नेपालमा एउटा प्रजातिमात्रै पाइन्छ । कहिलेकाहीं रातो बाँदरले चम्ल्याहासम्म बच्चा जन्माउँछन् । प्रत्येक १० हजारमा एउटा जुम्ल्याहा जन्मन सक्छन् । डा। चालिसेका अनुसार, जुम्ल्याहा भएमा आमाको दूधले पुग्दैन । आमालाई बच्चा बोक्न पनि त्यत्तिकै समस्या हुन्छ ।

 

बाँदरको जन्मान्तर दुईरअढाई वर्षको हुने भए पनि काठमाडौंको पशुपतिनाथ र स्वयम्भूका बाँदरले अप्राकृतिक खानेकुरा खाने भएकाले ६र६ महिनामा बच्चा जन्माउँछन् ।

उनीहरूले आइसक्रिम, कोकाकोला र फ्रुटीसमेत खाएको हामीले देखेका छौं । बाँदर गर्भवती हुँदा माटो खाने गर्छिन् । बाँदरलाई टीबी हुन्छ । मानिसले बाँदरलाई टीबी सारेका हुन्,’ दुई हजार बाँदर गणना गरिसकेको चालिसेको अध्ययनले भन्छ, ‘बाँदरलाई एसआईभी हुन्छ । उसलाई जुका पर्छ, आँखा फुलो पर्छ, पोथी बाँदरको आङ खस्छ । २६ देखि २८ दिनमा हुने भए पनि कुनैरकुनै बाँदरको ४० दिनमा महिनावारी हुन्छ ।’

 

नेपालमा पाइने बाँदर औषधिविज्ञानका लागि संसारमा सबैभन्दा उपयुक्त मानिन्छ । नेपालमा शुद्ध बाँदर पाइन्छन् । डा। चालिसेका अनुसार नेपालमा एक लाख बाँदर हुन सक्छन् । चिम्पान्जी ६० देखि ८० बाँच्छन् भने अन्यको २० देखि २५ वर्ष आयु हुन्छ । पुच्छर नभएका बाँदर ५०र६० वर्षसम्म बाँचेका छन् । खुसी व्यक्त गर्दा अँगालो मार्दै चुम्वन गर्ने बाँदर मानिसजस्तै हाँस्ने गर्छन् । उसले पोथी वा साथीभाइलाई फकाउन परे काउकुती लगाउने गर्छ । यौनसम्पर्क गर्दा कसरी गर्ने भनेर उनीहरू सल्लाह गरेजस्तोसमेत गर्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्