मालपोत कार्यालय तुलसीपुरमा नासुले गर्ने काम कार्यालय सहयोगीले गर्छन



दिपक बोहरा
तुलसीपुर १० साउन ।
मालपोत कार्यालय तुलसीपुर दाङका महत्वपुर्ण फाँटहरु कार्यालय सहयोगीको भरमा चलिरहेका छन् । मालपोत कार्यालयका तामेली, दर्ता, चलानी, लगायतका फाँटहरु कार्यालय सहयोगीको भरमा चलिरहेको पाइएको छ ।

यी फाँटहरु जग्गा सम्बन्धि अभिलेख राख्ने महत्वपुर्ण फाँट हुन । कार्यालयले भने आबश्यक कर्मचारी नुहँदा बाध्य भएर कार्यालय सहयोगी राख्नु परेको वताएको छ । मालपोत अधिकृत नरेश खड्काले दरबन्दी अनुसारका कर्मचारी नहुदा यो अबस्था आएको वताए । उनले कर्माचारीको दरबन्दी कम हुदा सेवाग्राहीले सहज सेवा पाउन नसकेको वताए ।’

कार्यलय सहयोगीहरुले सञ्चालन गरेका फाँटहरुमा नायब शुब्बा, खरिदार सरहका कर्मचारीले हुने पर्ने हुन्छ । तर अहिले कार्यालय सहयोगीले सञ्चालन गरिरहेकाले जिम्मेवार बन्न नसकेको अधिकृत खड्काले बताए । उनले भने‘ कार्यालय सहयोगीहरुले ती फाँटहरुमा काम गर्दा केही त्रुटिहरु पनि हुने सम्भाबना हुन्छ ।’

उनीहरुबाट केही गल्ति भयो भने त्यसको जिम्मेवारी कार्यलयले लिनु पर्ने हुन्छ दरबन्दी भए कर्माचारी राखिने थियो छैन काम गर्नेलाई भए पनि सहयोगीको सहयोग लिनु परेको छ । उनले भने ।

दाङका तीन मालपोत कार्यालय भन्दा ठुलो क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको मालपोत कार्यालय तुलसीपुरमा न्युन दरबन्दी हुँदा सेवा प्रबाहमा समस्या भएको अधिकृत खड्काले वताए २०७१ चैत्रमा स्थापना भएको कार्यालयले साबिकका दुईवटा निर्बाचन क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । मालपोत कार्यालय घोराही र लमहीले अन्य तीनवटा निर्बाचन क्षेत्रमा सेवा प्रदान गर्दै आएको छन ।

उनले भने‘ तुलसीपुर, घोराही र लमहीको मालपोत मध्य तुलसीपुरले धेरै क्षेत्रफलको सेवा प्रदान गर्दै आएको छ ।’ तर सबै भन्दा कम दरबन्दी तुलसीपुरमै रहेको उनको भनाई छ ।

तर मालपोत तुलसीपुरमा जम्मा १४ जनाको दरबन्दी मात्रै छ, भने घोराहीमा २९ र लमहीमा २६ दरबन्दी रहेको उनले वताए । नयाँ संरचना अनुसार पनि मालपोत तुलसीपुरले ४ वटा स्थानिय तह हेर्नु पर्छ, भने घोराहीले तीन र लमहीले तीन स्थानिय तह मात्रै हेर्नुपर्छ ।
अधिकृत खड्काले मालपोत कार्यालय तुलसीपुले तुलसीपुर उपमहानगरपालिका सहित शान्तिनगर, दंगीशरण र बबई गाउपालिका हेर्नु पर्ने छ ।

त्यस्तै मालपोत घोराहीले घोराही उपमहानगरपालिका र बंगालचुली गाउपालिका हेर्ने छ् भने लमहीमा रहेको मालपोत कार्यालयले लमही नगरपालिका सहित राजपुर, गढवा र राप्ती गाउपालिकालाई हेर्ने छ् । अहिले तीन कर्मचारीले गर्ने काम एक जना कर्मचारीले मात्रै गर्नु पर्ने बाध्यता रहेको अधिकृत खड्काले बताए । उनले भने‘ मोठ श्रेष्तामा तीन जना कर्मचारी चाहिन्छ तर अहिले एक जनाले मात्रै काम गर्नुपर्ने बाध्यता रहेको छ ।’
मालपोत कार्यालय तुलसीपुरमा दरबन्दीकै अभाबका कारण प्रभाबकारी रुपमा सेवाग्रहीलाई सेवा प्रदान गर्न नसकेको उनले वताए । भुगोल ठुलो छ, सेवा ग्राही धेरै छन्, तर कर्मचारीको संख्या न्युन छ ।

’ अधिकृत खड्काका भने कार्यालयमा एक जना मालपोत अधिकृत, चार जना नासु, तीन जना खरिदार, दुई जना कम्प्युट अपरेटर, एक जना सहलेखापाल र तीन जना कार्यालय सहयोगी कार्यारत छौ ।

यी कर्मचारीले दैनिक मालपोत आउने तीन÷चारसय सेवाग्राहीलाई सेवा प्रदान गर्न समस्या हुने गरेको बताए । सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न ३० जना कर्मचारी आबश्यक पर्ने अधिकृत खड्काको भनाई छ । मालपोत कार्यालय तुलसीपुरमा आबश्यक कर्मचारी माग गर्न यहाँका राजनीतिक दल, नागरीक समाज लगायत सरोकारवाला निकायले पहल थाल्नु पर्ने उनले वताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्