सर्वहित सहकारीद्धारा राप्ती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

By थाहा अनलाइन

July 25, 2017

ओमप्रकाश गुप्ता

देउखुरी १० साउन ।

सर्वहित बचत तथा ऋण सहकारी संस्था मौरीघाटले मंगलवार राप्ती गाउँपालिका ४ मौरीघाटमा एक कार्यक्रमका बिच राप्ती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन तथा स्वागत सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष दयाराम चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले सहकारी संस्थाले विपन्न समुदाय तथा गरिव दुखीहरुको आर्थिक उन्नती गरेकाले सहकारी संस्थाहरुलाई दिगो रुपमा सञ्चालनका लागि राज्यको निती नियम अनुसार आफुले गर्नु पर्ने सहयोग हुने बताएका छन् ।

सो अवसरमा राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बा चौधरी, वडा नं. १ का अध्यक्ष तारा डि.सी, ७ का अध्यक्ष विद्याशरण चौधरी र ९ का अध्यक्ष रिमबहादुर सुनारी मगर लगायतका वक्ताहरुले बधाई मन्तव्य व्यक्त गरेका थिए । संस्थाका कोषाध्यक्ष राजेन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव जागेन्द्र चौधरीले गर्नु भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।