तुलसीपुर बजार हर्न निषेधित बन्दै



सैघाली खबर
दाङ १० साउन । तुलसीपुर बजारलाई ध्वनी प्रदुषण मुक्त गराउन भोलि वुधवार देखि हर्न निषेधित गरिदै छ ।

सवारी साधनहरुको वढ्दो चाँप संगै ध्वनी प्रदुषणको मारमा परेको तुलसीपुर बजार शान्त र स्वच्छ वनाउने हेतुका साथ हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । तुलसीपु्र उप–महानगरपालिका वडा नम्वर ५ भित्रको बजार क्षेत्र भरी भोली बुधवार देखी लागु हु्ने

गरी हर्न बजाउन प्रतिवन्ध गरिन लागेको तुलसीपुर उप–महानगरपालिका वडा नम्वर ५ र ट्राफिक प्रहरी कार्यालय तुलसीपुृरको समन्वयमा हर्न निषेध गर्न लागिएको हो ।

बजार क्षेत्रमा तिव्रगतिमा दौड्ने सवारी साधनहरुले हर्न वजाई ध्वनी प्रदुषण अत्याधिक रहेकाले ध्वनी प्रदुषण मुक्त गर्न लागिएको तुलसीपुर उप–महानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष विरेन्द्र शाहले जानकारी दिनुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्