मिस एयरहोस्टेस–२०१७ चौथो संस्करणको आवेदन फारम खुल्ला



सैघाली खवर

काठमाडौं १० साउन । सिजन मिडियाद्धारा विगत ७ वर्ष देखि आयोजना गर्दै आएको मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणका लागि आवेदन फारम खुल्ला गरिएको छ । विविध कारण वस केहि वर्ष स्थगित हुन गएको मिस एयर होस्टेस प्रतियोगीता फेरी पनि सिजन मिडियाले गर्न लागेको हो ।

मिस एयस होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिनन सहरहरुमा एयर होस्टेसको तालिम लिइ वसेका वा तालिम लिदै गरेका कक्षा १२ वा सोसरह अध्ययनरत ५फिट २ इन्च उचाई भएका युवतीहरुल यस प्रतियोगीताको लागि आवेदन फारम भर्न सक्नु हुनेछ ।

उक्त कार्यक्रमवाट प्रतियोगीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकास  लागि सहयोग पु¥याउने र एयर होस्टेस वन्नको लागि सहयोग पु¥याउछ भन्ने हेतुले यो कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो । कार्यक्रमको आवेदन फारम सिजन मिडिया कमलादीमा सम्पर्क गरी भर्न सक्नु हुनेछ
मिस एयरहोस्टेसको नाममा मिल्दा जुल्दा नाम राखि मिस एयर होस्टेस नेपाल, डिभा जस्ता विभिन्न नाममा कार्यक्रमहरु फेशवुक मार्फत आवहान भइरहेकोले उक्त टाइटल आधिकारीक नभएको पनि जानकारी गराउदछौ ।


उक्त प्रक्रियावाट छनौट भएका  प्रतियोगीहरुलाई भदौ पहिलो सातावाट कमलादि स्थित सिडव्लु पाटी प्यालेसमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण ,हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने साथै स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ  । भाद्र अन्तिम साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ ।
प्रतियोगिताका विजेताले “मिस एयरहोस्टेस २०१७”े को ताज उपाधि सहित रु २५ हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने छ ।  र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन भने फस्ट रनर अप र सेकेण्ड रनरले क्रमस रु १५ हजार र १० हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने छ  साथै उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।  यस बाहेक अन्य विभिन्न १५ विधामा पनि सव टाइटल अवार्डहरु प्रदान गरिने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्