दश हजार घुस लिएको अभियोगमा पक्राउ Share



काठमाडौँ १० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंहलाई रु १० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

‘एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो । “आयोगको टोलीले उपमहानिर्देशक सिंहलाई पक्राउ गरेको छ, थप अनुसन्धान भइरहेको छ”, कोइरालाले भन्नुभयो । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्