दाङमा अबैध हतियार फेला



सैघाली खवर
दाङ,साउन ११ । दाङमा अबैध हतियार फेला परेको छ । जिल्ला प्रहरीका कार्यालयबाट खटेको टोलीले अबैध हतियार फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले राप्ती गाउँपालिका ७ भित्री सिक्टा जंगलबाट उक्त १ नाल भरुवा बन्धुक फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

गस्ति टोलीलाई हतियार धारी समुहले देखेपछि हतियार छाडेर भागेको तिवारीले जानकारी दिदनुभयो । टोलीले घटना स्थलबाट कपडाको थैली , बारुद, आल्मुनियमको बट्टा, सलाईको बट्टा, छर्रा, कपडाको पोको फेला पारी थप अनुसन्धान गरि रहेको तिवारीले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्