मन्त्रीमण्डल विस्तार आज, के को बन्दैछन मन्त्री नामावली सहित हेर्नुहोस्



दाङ ११ साउन । लामो समयपछि आज सरकारले पूर्णता पाउने भएको छ । विभिन्न कारण देखाउँदै पूर्ण हुन नसकेको सरकार आज विस्तार गर्ने तयारी भएको छ ।

माओवादीले सबै मन्त्रीको नाम टुंगो लगायो

प्रदेश नं. १ : शिवकुमार मण्डल– आपूर्ति
प्रदेश नं. २ : गिरिराजमणि पोखरेल– स्वास्थ्य
प्रदेश नं. ३ : श्यामकुमार श्रेष्ठ– सामान्य प्रशासन
प्रदेश नं. ५ : सन्तकुमार थारू– पशुपक्षी
प्रदेश नं. ६ : महेन्द्रबहादुर शाही– ऊर्जा
प्रदेश नं. ६ : सीता नेपाली– महिला तथा बालबालिका

कांग्रेसबाट को–को बन्दै छन् मन्त्री ?
देउवा पक्षबाट मीन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी र अम्बिका बस्नेत मन्त्री बन्ने भएका छन् । कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन । भौतिक पूर्वाधारमा बलायर र सूचना तथा सञ्चारमा विश्वकर्मा र जोशीको नाम चर्चामा छ । बस्नेतले पाउने मन्त्रालय टुंगिन बाँकी छ । सिटौला पक्षका भीमसेनदास प्रधानलाई सहकारी तथा गरिबी निवारण र खुमबहादुर खड्का पक्षका मोहन बस्नेतलाई युवा तथा खेलकुदमन्त्री बनाउने तयारी देउवाको छ ।

पौडेल पक्षका राजन केसी खानेपानी तथा सरसफाइ र रामकृष्ण यादव सिँचाइमन्त्री बन्दै छन् । सञ्जय गौतम र यज्ञबहादुर थापालाई दिइने मन्त्रालय बुधबार बिहान टुंगो लाग्नेछ । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बुधबार बिहान मात्र मन्त्रालय टुंगो लाग्ने जानकारी दिए । ‘पार्टीले लिने मन्त्रालय टुंगो लागिसके पनि को–को मन्त्री बन्ने भन्ने सबै टुंगिएको छैन,’ परियारले भने, ‘बुधबार बिहान टुंग्याएर दिउँसो १ बजे शपथ गर्ने तयारी छ ।

जितेन्द्र देव र गोपाल दहित फेरि मन्त्री बन्ने
लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री बन्दै छन् । देव पर्यटन र दहित भूमिसुधारमन्त्री बन्दै छन् । लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री छन् ।

नेकपा संयुक्तले जनसंख्या तथा वातावरण मन्त्रालयमा मिथिला चौधरीलाई पठाउने भएको छ । वन, उद्योग, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय तत्काल प्रधानमन्त्रीसँगै रहनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्