विवेकशील नेपाली र साझा पार्टीबीच आज एकीकरण



सैघाली खबर
साउन ११

विवेकशील नेपाली र साझा पार्टीबीच आज एकीकरण हुने भएको छ । आज दिउँसो साढे १ बजे नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकता घोषणा गरिनेछ । वैकल्पिक शक्तिका रुपमा नयाँ पार्टी बनाउन लागेको विवेकशील पार्टीका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ प्रस्ताव गरिएको छ । एकतापछि सामूहिक नेतृत्वमा पार्टी सञ्चालन हुनेछ । पार्टी सञ्चालनका लागि केन्द्रीय संयोजन समिति बनाउने, साझाका अध्यक्ष रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष उज्ज्वल थापाको सामूहिक नेतृत्वमा पार्टी चलाउने अवधारण रहेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्