यमकला भुसाल
तुलसीपुर ,११ साउन।
दाङमा जिल्ला अदालतको तथ्याङंक अनुसार यो बर्ष जिल्लामा ५२७ जना जोडीले सम्वन्ध विच्छेद गरेका छन् । आपसी बेमेलको कारण सम्वन्ध विच्छेदको मुद्धा दर्ता गराउन आएको जिल्ला अदालतका श्रेष्ठेदार गम्भिर राणामगरले जानकारी दिनुभएको छ ।
जिल्लामा दर्ता भएको ५२७ मुद्धा मध्ये ४१८ ओटा मुद्धा मिलान भएको र १०९ मुद्धा विचाराधिन अवस्थामा रहेको उहाँले बताउनुभयो ।
यो मसान्त सम्ममा ४१८ ओटा मुद्धाको फैसला भएकोे छ ।
सम्बन्ध विच्छेद गर्नेहरुमा अधिकांस २५ वर्ष भन्दा मुनिका जोडी रहेको राणामगरले जानकारी दिनुभयो । उहाँका अनुसार बच्चा आमाले राख्ने गरी अंश सहित छुट्टिनेको संङ्ख्या धेरै रहेको बताइएको छ ।
स्थानीय तहको चुनावको कारण मुद्धा हेर्न नपाएकोले ४१८ मुद्धा मात्रै फैसला गर्न भ्याइएको र १०९ मुद्धा फौसला गर्न बाकी रहेको राणामगरले बताउनुभएको छ ।
अघिल्लो बर्षको तुलनामा यो वर्ष भने १८८ जनाको सङयाले बढेको उहाँले बताउनुभयो । अघिल्लो वर्षमा ३३९ मुद्धा मध्ये ८४ ओटा मुद्धा मात्रै फैसला गर्न बाकी रहेको थियो । श्रेष्ठेदार राणामगरका अनुसार गाउँमा मेलमेलाप केन्द्र स्थापना भएपछि पारिवारीक समस्या छरछिमेकिको मुद्धाहरु सके सम्म स्थानियले गाउँघरमै मिलाउने गरेको बताइएको छ ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।