प्रहरीद्धारा दाङमा खेति गरिएको ठूलो मात्राको गाँजा नष्ट



सैघाली खवर

घोराही, ११ साउन । दाङ प्रहरीले ठुलो मात्रामा खेति गर्रिएको  गाँजा खेति नष्ट गरेको छ । घोराही उपमहानगरपालिका नम्बर नम्बर ८ सौरीमा रहेमा खेति गरिएको गाँजा  खेति नष्ट गरिएको प्रहरीले बताएको छ ।

Gaja

नरबहादुर बुढाथोकीले करिब २ कठ्ठामा गरिएको गाँजा  खेति जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदी र ईलाका प्रहरी कार्यालय नारायणपुरका प्रहरी नायव निरिक्षक मोहनलाल अधिकारीको नेतृत्वमा रहेको टोलीले स्थानीयबासीहरुको सहयोगमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । गाँजालाई उखेलेर आगो लगाएर नष्ट गरिएको थियो । गाँजा खेति गर्ने ६७ वर्षीय बुढाथोकीलाई आवश्यक अनुसन्धानकालागी पक्राउ गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्