माओवादीले मन्त्रीको नाम टुंग्यायो, कस-कस्को नाम आयो त?कसलाई कुन मन्त्रालय?



सैघाली खबर,
काठमाण्डौ, ११ साउन।
नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ। यसअघि तीन मन्त्रालय पाएको माओवादीले थप ६ जना मन्त्री र ३ राज्यमन्त्री पठाउन लागेको हो।

माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री बन्दैछन्। उनी चौथो पटक मन्त्री बन्न लागेका हुन्। पोखरेल नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्। त्यस्तै महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री बन्दैछन्। लोकमानसिंह कार्की विरुद्ध महाभियोग दर्ता गरेपछि शाही चर्चामा आएका थिए।

माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत पनि मन्त्री बन्ने भएका छन्। उनको पोर्टफोलियो भन्ने टुङ्गो लाग्न बाँकी छ।

त्यस्तै माओवादीबाट शिवकुमार मण्डल, आशा खनाल कोइराला, सन्तकुमार चौधरी मन्त्री बन्दैछन्।

त्यस्तै माओवादीले तीन राज्यमन्त्री पनि पठाउने भएको छ। जाकिर हुसेन, रामसिंह यादव र शम्भु श्रेष्ठ माओवादीको तर्फबाट राज्यमन्त्री बन्न लागेको प्रवक्ता पम्फा भुषालले  जानकारी दिइन्।

माओवादीबाट कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्र मन्त्री छन्। त्यस्तै जनार्दन शर्मा गृह मन्त्री र प्रभु शाह सहरी विकास मन्त्रीको रुपमा हाल मन्त्रिपरिषद्मा रहेका छन्।

माओवादीबाट श्यामकुमार श्रेष्ठ, सीता नेपालीको नाम मन्त्रिपरिषद्मा रहने भनेर अन्तिमसम्म चर्चामा रहेको थियो। तर उनीहरु अन्तिम सूचीमा पर्न सकेनन्।

यद्यपी थप केही राज्यमन्त्रीसमेत केहीसमयपछि सरकारमा पठाउने माओवादीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्