अलमलमा कर्मचारी स्थानिय निकायको काम गर्न समस्या



भुपेन्द्र ओली 

दाङ,साउन ११। कर्मचारी समायोजनमा ढिलाइ हुँदा स्थानीय तहका कर्मचारी अलमलमा परेका छन् । आफु कार्यरत कार्यालयबाट सरुवा कुन निकायमा जाने भन्ने बारेमा पूर्व योजना नबन्दा समस्या भएको ती कर्मचारीहरुले वताएका छन् । जसका कारण दैनिक विभिन्न कार्यालयहरुको कामकाज सञ्चालनमा समस्या देखिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन अनुसार साउन १ गतेभित्र सबै स्थानीय तहमा कर्मचारी समायोजन भएर पनि काममा खटिसक्नुपथ्र्यो । तर जिल्लाका १० स्थानीय तहमा एक हप्ता बितिसक्दासम्म पनि कर्मचारी पुगेका छैनन् । कुल १ सय वडा रहेको दाङमा कर्मचारीको अभावमा मुख्य गरी वडास्तरबाट हुने काममा अप्ठ्यारो परेको जनप्रतिनिधिहरुले बताएका छन । शहरी क्षेत्रमा अवस्थित घोराही उपमहानगरपालिका कार्यालयसँगै विकटमा रहेका गाउँपालिकामा पनि कर्मचारीहरु पुगेका छैनन् ।


काम गर्न अप्ठ्यारो जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रमा अवस्थित राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले कर्मचारी नआउँदा आफुहरुलाई काम गर्न गाह्रो परेको बताए । ‘असार २८ गते जिल्लास्तरीय कर्मचारी व्यवस्थापन समितिको बैठक बसी छिटै कर्मचारी व्यवस्थापन गरिने जानकारी दिइएको थियो’ उनले भने, ‘७ वडा रहेको राजपुर गाउँपालिकामा हालसम्म ३ वटा वडाबाट मात्र काम सुचारु गर्न सकिएको छ । अन्य वडामा कर्मचारी नआउँदा वडा कार्यालय समेत खोल्न सकेका छैनौं ।’ यस्तै जिल्लाको पश्चिमी सिमामा अवस्थित बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले पनि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा पर्ने अवस्था सिर्जना भएको जानकारी दिए । ‘३ जना कर्मचारी मात्र अहिलेसम्म आएका छन् ।
त्यति कर्मचारीले गाउँपालिका धान्न सक्ने अवस्था छैन’ उनले भने, ‘यस्तो तरिकाले जनताले गरेको विकासप्रतिको अपेक्षा हामीले कसरी पूरा गर्ने ेष्ठले हालसम्म एक सय जना कर्मचारीलाई विभिन्न स्थानीय तहमा खटाइएको जानकारी दिए । जसअनुसार जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यालयबाट १४ जना, पशु ३ स्थानीय तहमा पुगेनन् कर्मचारी सेवा कार्यालयबाट ४२ जना, जनस्वास्थ्यबाट २२ जना र जिल्ला कृषि बिकास कार्यालयबाट ८ जना कर्मचारीलाई स्थानीय तहमा खटाइएको छ । यस्तै अन्य १५ जनालाई पनि विभिन्न स्थानीय तहमा खटाइएको छ । ‘कर्मचारी व्यवस्थापन गर्न अप्ठ्यारो परिरहेको छ । मुख्य कुरा कर्मचारी संख्या र विषयअनुसार दक्ष कर्मचारीको अभाव पनि छ’ उनले भने, ‘संघीयताको कार्यान्वयन गर्ने सवालमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने कुरा बुझाउँदै सबैलाई सहयोग गर्न आग्रह गरिरहेका छौं ।’

प्रजिअ श्रेष्ठले पहिले कार्यालयबाट नै उपयुक्त समायोजनको खाका तयार पारेर ल्याउन आग्रह गरिएको र जिल्लास्तरीय कर्मचारी व्यवस्थापन समितिले पनि आवश्यकतालाई मध्यनजर गरी कर्मचारी खटाउने जानकारी दिए । ‘कर्मचारी खटाउँदा मुख्य गरी विकट क्षेत्रमा रहेका गाउँपालिका प्राथमिकतामा रहनेछन् ।’ उनले भने । स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी आदेश २०७४ अनुसार उपमहानगर एवं नगरपालिकामा दश–दश जना र नगर वडामा ३ जनाका दरले न्यूनतम कर्मचारी राख्ने भनिएको छ । त्यस्तै गाउँपालिकामा ९ र वडा स्तरमा तीन जनाका दरले कर्मचारी राख्ने उक्त आदेशमा उल्लेख गरिएको छ । न्यूनतम ती कर्मचारीहरुसहित विभिन्न विषयगत कार्यालयका कर्मचारीहरु समेत नगर तथा गाउँपालिकामा खटिने मन्त्रालयको निर्देशन छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्