कुराकानी

“लोप हुन लागेका सँस्कृति जोगाउनुपर्छ ” रुमबहादुर बिश्वकर्मा (भिडियो सहित )

By थाहा अनलाइन

October 27, 2018

रोम थापा मगर सैघा, १० कार्तिक । पछिल्लो समय विभिन्न प्रविधिको विकास सँगै पञ्चे बाजा सँस्कृतिको लोप हुदै गएको छ । पञ्चे बाजा के हो भन्ने कुरा पछिल्लो पुस्तालाई त्यति जानकारी छैन । विभिन्न विवाह , पार्टी जस्ता साँस्कृतिक कार्यक्रममा ठुला डेक बजाएर डि जे गीतमा रमाउने परम्परा चलिरहेको छ ।

घोराही उपमहानगर पालिका वडा नं १९ साविकको सैघा तिर्साङमा विगत १९ वर्ष देखि मादल बनाउने पेसालाई अङ्गाल्दै आउनु भएको रुम बहादुर विश्वकर्माले पहिलेको तुलनामा अहिले मादलको बिक्रि वितरण कम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो पछिल्लो समय युवायुवतीहरुमा मादल बजाएर बासुरी बजाएर नाच्ने चलन घटेको बताउनुभयो । उहाँ मादल बजाउने मात्र होइन मिठो स्वरले गाउने पनि गर्नुहुन्छ । एउटा मादललाई १५ सय देखि लिएर १२ हजार सम्मको मादल विक्रि हुने गरेको उहाँले बताउनुभयो । मादल बनाएर बेच्ने समय एक समयमा मात्र हुने भएकाले वर्ष कुर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो लोप हुन लागेका सँस्कृतिको जगेर्ना गर्नु हामी सबैको भुमिका हुने बताउनुभयो ।

भिडियोको लागी तलको लिङ्क क्लिक गनुहोला