सैघाली खबर
काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दल नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् । १९ जना मन्त्रीले बुधबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् ।
यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ ।
यसअघि प्रधानमन्त्री देउवासँगै उपप्रधानमन्त्री पदमा विजय गच्छदार, गोपालमान श्रेष्ठ र कृष्ण महरा तथा मन्त्रीहरुमा फरर्मल्ला मनसुर, प्रभु शाह, जनार्दन शर्मा, ज्ञानेन्द्र बहादुर कार्कीले जिम्मेवारी सम्हालिसकेका छन् ।
कसलाई कुन मन्त्रालय ?
गिरिराजमणि पोखरेल – स्वास्थ्य
जितेन्द्र देव – संस्कृति तथा पर्यटन
गोपाल दहित – भूमिसुधार
रामकृष्ण यादव – कृषि विकास
मोहन बस्नेत – सूचना तथा सञ्चार
महेन्द्र यादव – खानेपानी तथा सरसफाई
वीरबहादुर बलायर – भौतिक पूर्वाधार तथा यातायात
मीन विश्वकर्मा – वाणिज्य
अम्बिका बस्नेत – सहकारी तथा गरिबी निवारण
भीमसेनदास प्रधान – रक्षा
राजन केसी – युवा तथा खेलकुद
यज्ञबहादुर थापा – कानुन
सञ्जयकुमार गौतम – सिंचाई
टेकबहादुर बस्नेत – सामान्य प्रशासन
शिवकुमार मण्डल – आपूर्ति
महेन्द्रबहादुर शाही – ऊर्जा
आशा कोइराला – महिला तथा बालबालिका
वसन्तकुमार थारु – पशुपंक्षी विकास
मिथिला चौधरी – वातावरण

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।