नेपाली भुमिमा एस.एस.बि को ज्यादती 



जनक नेपाली 

 

दाङ,साउँन ११ ।दशगजा क्षेत्रमा  नेपालीहरु बजारमा किनमेल गर्न जानेहरुको उत्तिकै भिड देख्न सकिन्थ्यो । भारतीय एस.एस बि ले नेपाली भुमिबाट ढुङगा उठाउदै थिए । नेपाल पसेर  छोरीवेटीलाई जथाभावी भन्दा समेत स्थानिय गाउँलेहरु चु बोल्दैनन ।  बसोवास नेपालमै भएपनी दैनिक गुजारा भारतबाट चल्लने भएपछि भारतिय एस. एस . बि जे जस्तो ज्यादती गरेनी सहन बाध्य भएको खग्रा नाका स्थानिय बासिन्दाको भनाई छ । गाउँका महिला घासँ काट्न जगंल पसेको वेला भारतिय एस. एस. वि जंगल पसी दिदी विहीनी लखेट्दै जथाभावी  भन्दै  जिस्काउने गरेता पनी उनिहरुलाई कुनै कारवाही नभएको स्थानिय बासी डम्मरवहादुर थापाको भनाई छ ।  यस्ता घटना घट्न थालेको बर्षाै तित्यो तर गाउँलेहरु चुपचाप लाग्नु बाहेक कुनै विकल्प नै हुदैन । बरु उल्टै कारवाही गर्नु भन्दा यस्ता किसीमका घटनाको निबेदन दर्ता गर्ने प्रहरी आलटाल गर्छ । कुटानी पिसानी देखी नुन , तेल,  चामल , कपडा लत्ता किन्न भारतीय बजारमै जानै पर्ने बाध्य भएपछि एस. एस. वि को निर्देशनमा चल्ल बाध्य छौ ।

 


२०२७ सालमा खग्रा नाकामा वसेको ७० घर परिवार सुकुम्बासी अहिले एस . एस. वि को चपेटामा परेका छन । एस . एस. वि गाउमै पसी बारीमा फलेका तरकारी देखी घरमा पालेका हासँ ,कुखुरा खसि ,बाख्रा समेत जवरजस्ती तानेर लग्ने गरेको थापाले बताउनु भयो । यद्धको सयममा वर्षमा एक पटक आउने एस . एस. वि. आजभोली दैनिक गाउँ पसी सताउने भन्दै त्यसको प्रत्यक्ष पिडा नाकाका महिला दिदी वहिनी हरुले खेप्दै आएको थापाको भनाई छ ।  ससस्त्र युद्ध र २०६२ /२०६३ सालको जनआन्दोलन भन्दा पहिले भारतको कनकटमा वसेको एस . एस. वि. नेपालको सिमा मिच्दै खग्रा नाका सम्म अहिले आई पुगेको थापाले बताउनु भयो ।
नाका बासीको ठुलो बजार भनेकै घोराही रहेको बताउदै उहाँले यातायातको सुविधा नहुदा घोराही सम्म पुग्न तिन ÷ चार दिन लाग्ने भएका कारण भारतिय बजार तुलसिपुर , वरदौली त्यसैमा पनी दिनमा मात्र जान पाउने थापाले बताउनु भयो ।  उहाले भन्नु भयो गाउँमा राति जो विरामी ,सुत्केरी भएपनी त्यसको भोली पल्टमात्र अस्पतालको जान पाउँछन।

 


सिमा अन्दोलन हुनु  भन्दा पहिले नेपालको सिमा अतिक्रमण गरेको भारतीय एस . एस. वि. अहिले नेपालको सिमा स्तम खग्रानाका आधा गाउँ जाने गरि अतिक्रमण गरेको  अर्का स्थानियबासी श्याम रोका (आक्रमण)को भनाई छ । खग्रा नाका भन्दा ७ किलो मिटर दक्षिणमा रहेका चार वटा दशगजा मिच्दै गाउँ सम्म आई पुगेको बताउदै रोकाले त्यसबारेमा कसैले चासो नदेखाएको बताउनु भयो ।
रोकाले भन्नु भयो नेपालको खेतियोग्य सारा जमिन भारतले अतिक्रमण गरेको भन्दै अब खग्रा बचाउँ अभियान सञ्चालन गर्ने सोचमा रहेका छौ । नाकामा बस्ति नबसेको भए सवै नेपालको भुमि भारतले कब्जा गर्ने भन्दै खग्रा बासी सुकुम्बासी भएपनी सिमा रक्षक जनता बनेको रोकाको भनाई छ ।

नेपालको सिमा सुरक्षामा खटेको प्रहरी पनी भारतीय एस . एस. वि. संग पछि हटेको छ । भारतिय एस . एस. वि. लाई कडाई गर्दा नेपालका सर्वसाधारण जनतालाई दुःख दिने भोक भोकै मर्ने भन्दै उनिहरुलाई कडाई नगरेको त्यहाको प्रहरीले वताएको छ । सर्वसाधारणले रासनपानी भारतबाटै ल्याउने भएका कारण एस .एस. वि. लाई कडाई गर्दा नाका क्षेत्रका स्र्वसाधारण भोकभोकै मर्ने अबस्था छ ।
यसका साथै भारतिय एस . एस. वि. ले पटक पटक  खग्रा नाकामा वरपर आगो समेत लगाउने गरेको छ । ५÷६ बर्ष पहिले नाका आगो लाउदा १५ घर गाई बाख्रा लजेर नष्ठ पारेको थियो । मान्छे घरमा नभएको मौका छोपी आगो लगाई दिने भारतीय  एस . एस. वि.ले नेपाल प्रहरी संग छलफल नै नगरी जथाभावि जंगल फाडनी गर्ने लगायतका काम समेत गर्दै आएको छ ।नाकाबासीको शान्ति सुरक्षाको व्यवस्था मिलाउन उनिहरुले माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्