आजदेखि तुलसीपुरमा जिल्ला स्तरिय फूटवल प्रतियोगिता



तुलसीपुर १२ साउन 

कोकाकोला अन्तर विद्यालय दाङ जिल्ला स्तरिय छात्र÷छात्रा फूटबल प्रतियोगिता
आजदेखि तुलसीपुरको अरनीको मैदानमा सुरु हुदैछ ।
अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अन्त्तरगत दाङ जिल्ला फूटबल
संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको समन्वयमा संचालित प्रतियोगिता हुन लागेको हो । प्रतियोगितको उद्घाट तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले गर्ने कार्यतालिका रहेको छ । साउन २१ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा स्थापित निजी तथा
सामुदायिक विद्यालयका गरि १७ टिमहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा
विजेता, उपविजेता टिम तथा खेलाडीलाई नगद, मेडल प्रमाणपत्र प्रदान गरिनेछ
।साथै उद्घाटन समारोहमा तुलसीपुर उपमहानगरपालिकाका मेयर, उपमेयर, १९
वटै वडाका वडा अध्यक्ष लगाएतलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम तय गरिएको
संघका महाससचिव सुशिल श्रेष्ठले जानकारी दिएका छन् ।
खेल नकवाउट सिस्टमवाट खेलाइने छ । उद्घाटन खेल विहान आठ बजेदेखि सुरु हुने छ । गोरखा तुलसीपुर र गोरखा घोराहीका बीचमा उद्घाटन खेल हुने भएको छ । दैनिक दुई वटा खेलहरु खेलाइने आयोजकले जानकारी दिएको छ । विहान आठ बजेदेखि एउटा र दिउँसो अर्को खेल खेलाईने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्