मुख्य समाचार

राप्रपा सरकारमा नजाने तर संसोधनमा सघाउने

By थाहा अनलाइन

July 27, 2017

सैघाली खबर साउन १२

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागि नभएपनि संविधान संसोधन लगाएत मुद्धामा सरकारलाई सघाउने प्रतिवद्धता जनाएको छ । तर सरकारमा भने सहभागि नहुने भएको छ । राप्रपा सरकारमा जान इच्छुक रहे पनि प्रधानमन्त्री देउवाले सहभागि नगराइएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी केही रुष्ट बनेको छ । संविधान संसोधन, बाँकी रहेको निर्वाचन सम्पन्न गर्ने बिषय लगाएतमा भने सरकारलाई सघाउने राप्रपाका नेता दिलानाथ गिरी लाई बताँउनुभयो । राप्रपाले आज थप छलफल गर्ने भएको छ ।