ट्रिपर त्रिशूली नदीमा खस्यो, चालकसहित ट्रिपर बेपत्ता



 

सैघाली खबर
धादिङ, साउन १२


पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ को बिहानीपम्प नजिकैबाट आज बिहान एउटा ट्रिपर त्रिशूली नदीमा खसेको छ । बा ४ ख ५१४६ नम्बरको ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो ।
ट्रिपरको खोजी भइरहेको तर वर्षाका कारण नदीको बहाव बढेकाले केही समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
ट्रिपरमा चालक काले दमै बाहेक अरु कति जना थिए भन्ने खुलेको छैन । ट्रिपरसँगै चालक पनि नदीमा बेपत्ता भएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्