मुख्य समाचार

ट्रिपर त्रिशूली नदीमा खस्यो, चालकसहित ट्रिपर बेपत्ता

By थाहा अनलाइन

July 27, 2017

 

सैघाली खबर धादिङ, साउन १२

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ को बिहानीपम्प नजिकैबाट आज बिहान एउटा ट्रिपर त्रिशूली नदीमा खसेको छ । बा ४ ख ५१४६ नम्बरको ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो । ट्रिपरको खोजी भइरहेको तर वर्षाका कारण नदीको बहाव बढेकाले केही समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्ण सापकोटाले जानकारी दिनुभयो । ट्रिपरमा चालक काले दमै बाहेक अरु कति जना थिए भन्ने खुलेको छैन । ट्रिपरसँगै चालक पनि नदीमा बेपत्ता भएका छन ।