मुख्य समाचार

प्रधानमन्त्री देउवाको भारत भ्रमण तयारी

By थाहा अनलाइन

July 27, 2017

 

सैघाली खबर ,साउन १२

प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुटेका छन ।

प्रधानमन्त्री देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने भएपछि भ्रमणको तयारी शुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भ्रमणको औपचारिक मिति तय नभएपनि दुवै मुलुकका दूतावास तयारीमा जुटेको छ । प्रधानमन्त्रीको भारत भ्रमणकै तयारीका लागि सिलसिलामा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय काठमाडौं आएका छन ।