विद्युत् कटौतीलाई ‘कमाइ खाने भाँडो’ बनाउन दिइँदैनः ऊर्जा मन्त्री शाही

By थाहा अनलाइन

July 27, 2017

सैघाली खबर ।,काठमाण्डौ,१२ साउन

नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युतभार कटौती हुन नदिनु आफ्नो प्रमुख उद्देश्य भएको बताएका छन् ।

मन्त्रालयमा बुधबार पदबहाली गरेलगत्तै उनले भने, ‘विद्युतभार कटौतीलाई लुट्ने, ‘कमाइ खाने भाँडो’ र ‘दुहुनो गाई’का रुपमा प्रयोग गरेका छन् । अब कसैले यसबाट दूध खान पाउँदैनन् । कसैले दूध खाने सोच राखेको छ भने ऊ सधैँ भरीलाई दूध खानबाट वञ्चित हुन्छ ।’

उनले विद्युतभार कटौती अन्त्य गरेर मात्रै नपुग्ने र माग पूर्तिका लागि विद्युत् उत्पादनमा जोड दिनुपर्ने विचार व्यक्त गरे । सरकारी र राष्ट्रिय पूँजीपतिवर्गसँग रहेको रकमलाई उपयोग गरी विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिइने उनले बताए ।

मन्त्री शाहीले राष्ट्रिय लगानीले मात्रै जलविद्युत् उत्पादनको पूर्ति नहुने भएकाले आवश्यकता अनुसार विदेशी लगानी भित्र्याइने स्पष्ट पारे ।

उनले मन्त्रालय मातहतका निकायका प्रमुख र कर्मचारीलाई इमान्दारीतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । कालीकोट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित शाही जनयुद्धकालमा माओवादी लडाकुको डिभिजन कमाण्डर थिए