आईसीसीले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठायो



सैघाली खबर
।,काठमाण्डौ,१२ साउन।

। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ ।

नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र ३३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो ।

 

क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेलाडीहरुको नाम पठाएको थियो । उनीहरुले तलब पाएका छन् । खेलाडीहरुको ग्रेडअनुसार तलब आएको छ ।

क्रिकेट संघले आईसीसीबाट निलम्बनमा पर्नुअघि ए, बी र सी गरेर खेलाडीहरुको ग्रेडिङ गर्दै तलब तोकेको थियो । त्यसबेला ए ग्रेडका खेलाडीले मासिक ३५ हजार, बी ग्रेडले २५ हजार र सी ग्रेडले मासिक १० हजार तलब पाउने व्यवस्था गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्