दाङमा एकजना ब्यक्ति मृत अबस्थामा फेला



सैघाली खबर
दाङ,१२ साउन
दाङको घोराही उपमहानगरपालिका १५ का शुभानन्द अधिकारी मृत अवस्थामा फेला परेका छन। दाङको घोराही उपमहानगरपालिका १५ तुलसीपुर चोक नजिकै ४४ र ४५ बर्षका शुभानन्द अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गयराति आफ्नी श्रीमती संग सामान्य बिषयमा घरायसी बिबाद भएपछी अधिकारी घरबाट बाहिर निस्केका थिए । सामान्य बिषयमा बिबाद हुँदा राति बाहिर निस्केका अधिकारी परिवारले घरमा आउलान त भनेर पर्खिरहेको भएपनि बिहान ५ बजे तिर घोराही फ्रेस हाउस नजिकै उनि मृत अबस्थामा भेटिएको प्रहरीले बताएको छ ।
अधिकारीको टाउकामा सामान्य चोट लागेको देखिएपनि के कति कारणले मृत्यु भएको हो भन्ने कुरा खुल्न सकेको छैन । यस बिषयमा अनुसन्धान भैरहेको दाङ प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्