आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकार प्रतिवद्धः प्रधानमन्त्री



सैघाली खबर
काठमाण्डौ , १२ साउन।
प्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताएका छन् । त्यसका लागि आवश्यक उपकरण खरिदका लागि पर्याप्त बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

वीर अस्पतालको १ सय २८ औं वार्षिकउत्सवको अवसरमा विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी सरकारले नीतिगत, कानुनी र संस्थागत संरचना व्यवस्थापनको काम गरिरहेको बताए ।

प्रधानमन्त्री देउवाले वीर अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सरकारले पर्याप्त बजेटको व्यवस्था गरेको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले सबै नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पनि वीर अस्पताललाई सचेत बताए ।

विक्रम संवत १९५९ सालमा स्थापना भएको वीर अस्पताल मुलुकको सबैभन्दा पूरानो सरकारी अस्पताल हो.

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्