स्वास्थ्य

पुर्णिमामा नै खानु नपर्नै , के छ त क्वाँटी खानुको फाइदा

By थाहा अनलाइन

July 27, 2017

सैघाली खबर, काठमाण्डौ, १२ साउन। ।साउन २३ गते पूर्णिमा भएपनि खण्डग्रास चन्द्रग्रहण लाग्ने भएकाले यसपल्ट रक्षाबन्धन र जनै लगाउने दिन नागपञ्चमीको दिनलाई नै तोकिएको छ ।

पूर्णिमाको दिन ग्रहण लागेको र त्यसभन्दा अघि पञ्चमी नै शुभदिन भएकाले पञ्चमीमै जनै लगाउने र रक्षाबन्धन गर्ने राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेको छ । ​तर नागपञ्चमीकै दिन जनै लगाउने र रक्षाबन्धन गर्ने भएपछि क्वाँटी कहिले भन्ने विषयमा अन्योल छाएको छ ।

तर ज्योतिषहरु भने क्वाँटी खान कुनै विशेष दिन नचाहिने बताउँछन् । धर्मशास्त्रमा क्वाँटी कहिले खाने भन्ने कुरा उल्लेख छैन भन्नुहुन्छ राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेल । उहाँ भन्नुहुन्छ, ‘क्वाँटी जहिले खाए पनि हुन्छ ।

यसले सर्दी निको हुन्छ । जनै पुर्णिमामा मात्रै खानु पर्छ भन्ने छैन, यसले स्वास्थ्यका लागि फाइदा गर्छ । दिनहुँ खाए पनि हुन्छ ।’ सर्वसाधरणमा जनै पुर्णिमा र नाग पञ्चमीका बारेमा सुरुमा अन्योल भए पनि अहिले भने नभएको ढुंगेल बताउनुहुन्छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेको छ । केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका गेडागुडी मिसाई पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ । क्वाँटीको फाइदा अनेक क्वाँटीबाट ‘कम्प्लिट प्रोटिन’ अथार्त पूर्ण प्रोटिन पाइने पोषणविद् बिनिता पन्त बताउनुहुन्छ । फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिवद्र्धक पौष्टिक आहारका रुपमा लिइन्छ । पोषणविद् पन्तका अनुसार यसमा भिटामिन ‘बि’ का सबैजसो प्रकारहरु पाइन्छ ।

रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि क्वाँटीमा पाइन्छ । क्यालोरीको मात्रा पनि बढी हुने भएकाले धेरै प्रकारका रोगीहरुलाई फाइदाजनक हुने पन्त भन्नुहुन्छ । मधुमेह, पायल्स, कब्जियत, रुघाखोकी, लिभरसिरोसिस, सुत्केरी महिला, वृद्ध वृद्धाका लागि समेत क्वाँटीले फाइदा गर्छ । तर प्रोटिनको मात्रालाई सन्तुलनमा राख्नुपर्ने मृगौला रोगी, युरेनिया तथा युरिक एसिडका बिरामीले भने क्वाँटी खाँदा विचार पु¥याउनु पर्ने पन्तको भनाइृ रहेको छ ।