संसदको आफ्नै भवन होस्, सांसदहरुलाई सरकारी आवास मिलोस्ः सभामुख



सैघाली खबर,
काठमाण्डौ, १२ साउन।
सभामुख ओनसरी घर्तीले संसदको आफ्नै भवन र सांसदहरुलाई सरकारी आवासका लागि प्रयास भइरहेको बताएकी छन् । बिहीबार संसदको मोबाइल एप्स तथा नयाँ वेबसाइटको संसद भवन बानेश्वरमा उद्घाटन गर्दै सभामुखले भाडाको घरमा संसद भवन राख्नुपर्दाको हिनता व्यक्त गरिन् ।

सांसदहरुलाई सम्बोधन गर्दै सभामुखले भनिन्, ‘संसदको आफ्नै भवन होस् । संसदको आफ्नै टेलिभिजन च्यानल होस् । सांसदहरुलाई आवास सुबिधा होस् । वास्तवमा हाम्रो त्यो चाहना हो र त्यस अनुसार पहल पनि भइरहेको छ ।’

सभामुख घर्तीले माघ ७ को समय सीमाभित्र सबै तहका चुनाव गरिसक्नुपर्ने भएकाले संसदको यहि कार्यकालमा संसदको आफ्नै भवन प्राप्त नहुने बताइन् ।
उनले सांसदहरुलाई आधुनिक प्रणालीमैत्री बनाउन वेबसाइट र मोबाइल एप्स जरुरी रहेको समेत बताइन् ।

सभामुख घर्तीले संसदलाई पेपरलेस बनाउने अभियान जारी रहेको बताइन् । युएनडिपीको सहयोगमा संसद सचिवालयले नयाँ वेबसाइट तथा एप्स बनाएको हो । यसमा संसदका सबै गतिबिधि समावेश गरिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्