एन प्याव्सन द्धारा देउखुरी क्षेत्रका जनप्रतिनिधिहरुलाई सम्मान



बिमल गौतम

लमहि , १२ साउन ।एन प्याव्सन दाङले आज एक कार्यक्रमको आयोजना गरि देउखुरि क्षेत्रका जनप्रतिनिधिहरुलाई स्वागत एव सम्मान गरेको छ । आज लमहिमा एक कार्यक्रमको आयोजना गरि लमहि नगर पालिकाका मेयर तथा उपमेयर , राप्ती गाउँ पालिकाका प्रमुख तथा उपप्रमुख लगाएतलाई सम्मान गरिएको थियो ।

एन प्याव्सन दाङका अध्यक्ष भिम बहादुर वुढाथोकिको अध्यक्षता तथा एन प्याव्सन दाङका केन्द्रिय सदस्य प्रेम नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका बोल्दै प्रमुख अतिथि नेपालीले राज्यले निजी तथा सामुदायिक बिद्यालयहरुलाई बिभेद गरिरहेको भन्दै त्यसलाई अन्त्य गर्न माग गर्नु भयो । उहाँले निजी बिद्यालयबाट उत्र्तिण हुने बिद्यार्थिहरुले उच्च शिक्षा अध्यणका लागी छात्रवृयित नपाउने बिभेदकारि नितिको खारेजिको माग समेत गर्नुभयो ।

सो अवसवरमा लमहि नगर पालिकाका मेयर कुल बहादुर केसीले शिक्षामा भै रहेको बिभेद अन्त्यका लागी पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले निजी बिद्यालयहरुले १० प्रतिशत छात्रवृति प्रदान गरिरहेको हुदा ति बिद्यार्थिहरुलाई उच्च शिक्षा अध्यणका लागी छात्र वृति प्रदान गर्न आफुले सहयोग गने बताउनु भयो । त्यसैगरि कार्यक्रममा बोल्दै राप्ति गाउँ पालिकाका प्रमुख नुमानन्द सुवेदिले देशमै शिक्षाको बिकासका लागी निजी बिद्यालयहरुले अहम भ्ुमिका खेलको बताउनु भयो ।

सुवेदिले निजी बिद्यालय र सामु्दायिक बिद्यालयका बिचमा बिभेद रहेको भन्दै त्यसको अन्त्यका लागी पहल गर्ने प्रतिवद्धता ब्यक्त गनुर््भयो । साथै सुवेदिले नगर तथा गाउँको शैक्षिक सुधारका लागी निजि बिद्यालयका प्रतिनिधिहरुलाई सहभागि गराएर निति निमार्ण गर्ने बताउनु भयो । सो अवसरमा लमहि नगर पालिकाका उपप्रमुख देवका वेल्वासे , राप्ति गाउँ पालिकाका उपम्रमुख जगदम्वा चौधरि , लमहि नगर वडा नम्वर ५ का अध्यक्ष बिम बहादु्र केसी , एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतम लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रम संयोजक एन प्याव्सन दाङका उपाध्यक्ष भुमाण्डव केसीको स्वात मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन एन प्याव्सन दाङका सचिव ठाकुर डागिले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्