सैघाली खबर
काठमाण्डौ,१२ साउन
सरकारले अनसनरत डा। गोविन्द केसीका माग सम्बोधनका लागि शिक्षा सचिव शान्त बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । मन्त्रीपरिषदको बिहीबारको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा प्रधानमन्त्री कार्यालयका सचिव र स्वास्थ्य सचिव हुनुहुन्छ ।
चिकित्सा शिक्षा ऐनमा माथेमा प्रतिवेदन र आफ्ना सुझाव समेट्नुपर्ने लगायत माग गर्दै डा। गोविन्द केसी सोमबारदेखि शिक्षण अस्पतालमा ११ औँ चरणको अनसन बस्नुभएको छ ।
यस्तै मन्त्रीपरिषदको बैठकले गरिब घर परिवार पहिचान कार्यक्रम अन्तर्गत १२ जिल्लाका ३ लाख ९१ हजार ८ सय परिवारलाई गरीब परिचय पत्र तिवरण गर्ने निर्णय पनि गरेको छ । सरकारले २५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने लक्ष्य अनुसार १२ जिल्लाका गरीब घर परिवारलाई परिचय पत्र वितरण कार्य अगाडी बढाउने भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।