डा। गोविन्द केसीका माग सम्बोधन गर्न मन्त्रीपरिषदको बैठकमा समिति गठन

By थाहा अनलाइन

July 27, 2017

सैघाली खबर काठमाण्डौ,१२ साउन

सरकारले अनसनरत डा। गोविन्द केसीका माग सम्बोधनका लागि शिक्षा सचिव शान्त बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । मन्त्रीपरिषदको बिहीबारको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा प्रधानमन्त्री कार्यालयका सचिव र स्वास्थ्य सचिव हुनुहुन्छ ।

चिकित्सा शिक्षा ऐनमा माथेमा प्रतिवेदन र आफ्ना सुझाव समेट्नुपर्ने लगायत माग गर्दै डा। गोविन्द केसी सोमबारदेखि शिक्षण अस्पतालमा ११ औँ चरणको अनसन बस्नुभएको छ ।

यस्तै मन्त्रीपरिषदको बैठकले गरिब घर परिवार पहिचान कार्यक्रम अन्तर्गत १२ जिल्लाका ३ लाख ९१ हजार ८ सय परिवारलाई गरीब परिचय पत्र तिवरण गर्ने निर्णय पनि गरेको छ । सरकारले २५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने लक्ष्य अनुसार १२ जिल्लाका गरीब घर परिवारलाई परिचय पत्र वितरण कार्य अगाडी बढाउने भएको हो ।