तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारी द्धारा पदभार ग्रहण, सवै ब्यवसायीलाई एक वनाएर अगाडि वढने अध्यक्ष रावतको प्रतिवद्धता



शरद रेग्मी
तुलसीपुर ,१२ साउन ।  तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारि तथा सदस्यहरुले आज एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका छन । निर्वाचन समितिका संयोजक प्रवीण लम्सालको अध्यक्षता , उच्च अदालत तुलसीपुरका न्यायाधिस श्रीमण कुमार गौतमको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगर पालिकाका प्रमुख घनश्याम पाण्डेको बिशिष्ट आतित्थ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बिरु रावत सहितका पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन ।

सो अवसरमा बोल्दै  अध्यक्ष बिरवहादुर रावत बिरुले आफुुले सवै ब्यवसायीहरुलाई एक बनाएर अगाडि वढने बताउनु भएको छ । साथै रावतले ब्यवसायीहरुको सुरक्षा आफ्नो पहिलो काम भएको समेत बताउनु भयो । उहाँले तुलसीपुर क्षेत्रको सुरक्षा अवस्था कम्जोर देखिएको भन्दै तत्काल ब्यवसायीहरुलाई सुरक्षाको पुर्ण प्रत्याभुति दिलाउन प्रशासन संग माग गर्नु भयो ।

साथै रावतले संघले गर्दै आएका बिभिन्न कार्यहरुलाई पुर्णता दिन समेत आफु लागि पर्ने बताउनु भयो । सो अवसरमा बोल्दै प्रमुख अतिथि गौतमले उद्योग बाणिज्य संघले गरेका कार्यहरुको प्रशंसा गर्नुभयो । उहाँले उद्योगि ब्यवसायीहरुमा रहेका समस्याहरुलाई पहिचान गरि समाधान गर्न नवनिर्वाचित कार्यसमितीहरुलाई आग्रह गर्नुभयो । त्यसैगरि कार्यक्रममा बिशिष्ट आतिथि पाण्डेले तुलसीपुर बजारलाई ब्यवसायीक केन्द्र बनाउनुका लागी आफु लाग्ने बताउनु भयो ।

उहाँले तुलसीपुर उद्योग बाणिज्य संघ संग सहकार्य गरेर तुलसीपुर बजारलाई नमुना बजार बनाउन लागि पर्ने समेत बताउनु भयो । साथै उहाँले तुलसीपुर बजारमा रहेको ब्यवसायीहरुको प्ुर्ण सुरक्षाका लागी आफुले सुरक्षा निकाय संग छलफल गर्ने समेत बताउनु भयो । त्यसैगरि कार्यक्रममा बोल्दै अर्का बिशिष्ट अतिथि धु्रवराज श्रेष्ठ भारिले ब्यवसायीहरुका पिर मर्का वुझेर काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजालले आफनो कार्यकाललाई सफल पार्न सहयोग गर्ने सवैलाई धन्यबाद दिनु भएको छ । साथै उहाँले नवनिर्वाचित अध्यक्षलाई आफुले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
सो अवसरमा तुलसीपुर उच्च सरकार वकिल कार्यालयका प्रमुख सुरेन्द्र जंग शाहि , नेकपा माओबादि केन्द्रका राम बहादुर दहित , नेकपा एमालेका कृष्ण भुसाल ,नगर पालिकाका संस्थापक मेयर शंकर प्रसाद आचार्य , संघका सस्थापक अध्यक्ष डिल्ली बहादुर वस्नेत , राप्ति ववई बहुमुखि क्याम्पसका संचालक समिति अध्यक्ष गोपिनाथ योगि , प्रेस युनियन दाङका अध्यक्ष शुसिल वस्नेत लगाएतकाले बोल्नु भएको थियो । निर्वाचन समितिका सदस्य राम शरण चौधरिको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य पुष्कर बहादुर भण्डारिले गर्नु भएको थियो ।
यसैविच पदभार ग्रहण गरे लगत्तै वसेको बाणिज्य संघको पहिलो वैठकले रिक्त रहेका पदहरुमा मनोनित गरेको छ । नवनिर्वाचित अध्यक्ष बिर बहादु्र रावतको अध्यक्षतामा बसेको वैठकले संघको उद्योग उपाध्यक्षमा ललित जंग शाहलाई मनोनित गरेको छ । त्यसैगरि सस्थागत सदस्यमा भुपाल रावत , सदस्यमा यम कुमारि घिमिरे र दुर्गा प्रसाद भणडरि लाई मनोनित गरिएको छ । त्यसैगरि वैठकले समितिको सल्लाहकारमा शुरेस हमाल र नारायण खनाल लाई मनोनिति गरेको छ । त्यस्तै वैठकले कानुनि सल्लाहकारमा प्रविण लम्साल र प्रेस सल्लाहकारमा शरद रेग्मीलाई चयन गरेको महासचिव रुप बहादुर खत्रिले जानकारि दिनुभयो । सो अवसरमा संघका पुर्व अध्यक्षहरुले आफनो भनाई राख्नु भएको थियो ।
mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्