मुख्य समाचार

विवेकशिल दाङले डा केसी को माग लाई लिएर सन्देश मुलक प्लेकार्ड प्रदर्शन

By थाहा अनलाइन

July 27, 2017

अमिता चौधरी दाङ ,१२ साउन  । विवेकसिल नेपाली दल दाङले गोविन्द केसी को माग लाई लिएर आज घोराहीको तुल्सीपुर चोकमा विभिन्न सन्देश मुलक प्लेकार्ड प्रदर्शन गरेर समर्थन जनाएका छन ।

विवेकसिल नेपाली दल दाङका न्यायपालीका प्रमुख सुन्दराम वलीको अध्यक्षतामा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर घोराहीको तुल्सीपुर चोक सडक छेउमा उभिएका युवाहरुले डा गोविन्द के सी को मागलाई पुरा गर ,जनताको स्वास्थ्य प्रति कहिले जिम्मेवारी हुन्छौ सरकार , तिन करोड जनताको स्वास्थ्य संग कहिले सम्म खेलवाड गछौं सरकार भन्ने नारा लिएर सरकार लाई दवाब दिएका छन । सो कार्यक्रममा विभिन्न युवाहरुको सहभागिता रहेको थियो भने उक्त कार्यक्रम समिर वलीको नेतृत्वमा सम्पन्न भएको थियो ।