सरकार र डा. केसीबीच आज वार्ता हुँदै



सैघाली खबर
साउन १३


सरकारले त्रिवि शिक्षण अस्पताल हातामा अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्ने भएको छ । हिजो गठन भएको सरकारी वार्ता समितिले आज वार्ता गर्ने भएको हो । केसीको ११ औं अनशनको चौथो दिन हिजो मन्त्रिपरिदषद्ले डा. केसीसँग वार्ता गर्नका लागि शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको हो । समितिमा स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहनुभएको छ । सरकारी वार्ता समितिका संयोजक श्रेष्ठले केसीले राखेका मागलाई पुरा गर्नेगरि वार्ता निष्कर्षमा पु¥याउने बताउनुभयो । डा. केसीका प्रतिनिधिका रूपमा डा.वाईपी सिंह, डा. रञ्जन सापकोटा र डा.जीवन क्षेत्री वार्तामा बस्नुहुने बताइएको छ । डा. केसीले माथेमा प्रतिवेदन कार्यान्वयन र यसअघिका सबै माग पुरा गर्नुपर्ने अडान लिनुभएको छ । त्रिवि शिक्षण अस्पतालले अनशनरत केसीको स्वास्थ्यमा निगरानी सुरु गरेको छ । यसका लागि सात सदस्यीय उपचार समिति समेत गठन गरेको छ । माथेमा प्रतिवेदनअनुरूप दिइएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न ६ वटा प्रक्रिया अपनाउनुपर्ने, आईओएममा तत्काल डिनको सिफारिसअनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त हुनुपर्ने लगायतको माग डा. केसीको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्