मुख्य समाचार

त्रिशुली नदीमा खसेको ट्रिपर अझैं भेटिएन

By थाहा अनलाइन

July 28, 2017

सैघाली खबर साउन १३

पृथ्वीराजमार्ग अन्तर्गत त्रिशुली नदीमा खसेको ट्रिपर अझै भेटिएको छैन । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ को बिहानीपम्प नजिकैबाट बिहीबार बिहान बा ४ ख ५१४६ नम्बरको ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो । अनियन्त्रीत भएर नदीमा खसेको ट्रिपरको खोजी भइरहे पनि कही पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्रिपरमा चालक काले दमै बाहेक अरु कतिजना थिए भन्ने खुलेको छैन । ट्रिपरसँगै चालक पनि नदीमा बेपत्ता भएका छन् ।