इरानद्धारा रकेटको सफलतापूर्वक प्रक्षेपण



सैघाली खबर
साउन १३

इरानले उपग्रहको अन्तरिक्ष कक्षमा स्थापित गर्न सक्षम एक रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । इरानले उत्तरी इरानको सेमनानस्थित नयाँ अन्तरिक्ष केन्द्रबाट फिनिक्स रकेटको प्रक्षेपण गरिएको दाबी गरेको हो । सन् २००९ देखि हालसम्म इरानले पाँच वटा रकेटको प्रक्षेपण गरिसकेको छ । इरानको सरकारी टेलिभिजन च्यानलले जनाएअनुसार यो रकेटले २५० किलोग्रामको स्याटेलाइटलाई ५ सय किलोमिटरको उचाइसम्म लिएर जान सक्छ । इरानले रकेट प्रक्षेपण गरेकोप्रति अमेरिकाले भने आपत्ति जनाएको छ । अमेरिकाले इरानको कदमले आफूलाई उत्तेजित पारेको जनाएको छ । इरानले भने अमेरिकाले लगाएको प्रतिबन्धको जवाफ दिएको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्