“२ रुपैयाँ ”को ट्रेलर सार्वजनिक



सैघाली खबर
‘काठमाण्डौ,
१३ साउन।
कुटुमा कुटु’ बोलको गीतले निकै चर्चामा रहेको चलचित्र “२ रुपैयाँ ” को ट्रेलर सार्वजनिक गरिएको छ ।’कुटुमा कुटु’लाई छोटो समयमा करोड बढी पटक युट्युब हेरिएको छ।

यसै चलचित्रको बिहीवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
भाद्र २३ बाट प्रदर्शनमा आउने चलचित्र ‘२ रुपैयाँ’को ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै पक्षलाई देखाउन खोजिएको छ ।

चलचित्रमा निश्चल बस्नेत ,आशिफ शाह,बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ ।
ए जि टु वान प्रोडक्शन प्रा।ली। र ब्ल्याक हर्स प्रा।ली।ले निर्माण गरेको यो चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्