चार सन्तानलाई एकै पटक जन्म दिदाको अनुभब सुनाउदै उर्मिला



विवाह भएको १० बर्षपछि खुसियाली आएको हो बजा्रचार्य परिवारमा । लामो समयसम्म बच्चा नहुदा बज्राचार्य दम्पती निकै निराश भएका थिए । निराशालाई चिर्दै १० बर्षपछि उनिहरुको जिवनमा उज्यालो छायो । त्यो पनि यसरि कि पत्याउनै गाह्रो हुनेगरि । हो उर्मिला बज्राचार्य विवाह भएको १० बर्षपछि आमा बन्दै थिईन् ।

पहिलो पटकको टेस्ट्युव वेवी बनाउने प्रयास असफल भएपश्चात दोस्रो पटक उनिहरुमा सफलता मिलिरहेको थियो । विस्तारै समय घर्किदै जाने क्रममा उनिहरुमा फेरी अर्को खुशी आयो । कुरा के भन्दा उर्मिला चार सन्तानकि आमा बन्दै थिईन् । भन्नाले उनको पेटमा एकै पटक चार सन्तान हुर्कदै थिए ।

छिमेकि तथा आफन्तले त गाह्रो हुन्छ चार सन्तान जन्माउन र हुर्काउन, त्यसैले बेलैमा सोचिहाल भन्ने सुझाव पनि दिएका थिए । तर उमिर्लाको आत्मविश्वास, चिकित्सकको हौसला र सल्लाहाले उनि सफल पनि भईन् । अन्ततः उर्मिलाले तीन छोरा र एक छोरीलाई यस सुन्दर धर्तीमा जन्म दिईन् । अहिले ति बच्चाहरु सबै आठ कक्षामा अध्ययनरत छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्