दर्दनाक दुर्घटनामा परेकी तिला उपचार पछि घर फर्किइन



शरीरमा सरीया पसेपछि उपचारमा रहनुभएकी घोराही उपमहानगरपालिका ३ झिङनीकी तिला परियारलाई अस्पतालले डिस्चार्ज गरेको छ । गएको असोज २१ गते घोराहीको शहदी उमेशमार्गमा मोटरसाईकलले ठक्कर दिदा उछिट्टीएर ट्याक्टरमा लोड परिएको सरीयामा पर्दा परियारको छातीबाट ३ वटा सरिया ढाडबाट निस्कीएको थियो ।

दर्दनाक दुर्घटनामा घाइते भएकी ३८ बर्षिया परियारको शरीरबाट २५ घण्टापछि शिक्षण अस्पताल काठमाडौंमा शल्यक्रिया गरी सरिया निकालिएको थियो । त्रिवि चिकित्साशास्त्र अध्ययन सस्थानका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठको नेतृत्वमा सफल शल्यक्रिया गरिएको थियो ।

तिला उपचार पछि अहिले घर फर्कनुभएको छ । उहाँको उपचारमा करिब ६ लाख रुपैयाँ खर्च भएको परिवारले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र ट्याक्टर धनीले क्षतिपूर्ती दिन आनाकानी गरेको भन्दै पिडित परियारको परिवार प्रहरी कार्यालयमा धाउनु परेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्