- नबराज जि.एम्.
१३ साउन,तुलसिपुर / - पछिल्लो समयमा निकै ब्यस्त गायकको सुचिमा आफ्नो नाम पार्न सफल गायक हुन् तिलक वलि,उनका बजार थुप्रै गितहरु आएका छन्।
हङ्कङको साडिको अपार सफलता पछि यस क्षेत्रमा जमेका उनि अहिले गाम बेशी म्युजिक प्रा.लि.र रेकडिङ् स्टुडियोका सन्चालकको रुपमा बिभिन्न सेवा सुबिधाहरु प्रदान गरिरहेका छन्।
बिभिन्न मेला, महोत्सब,कार्यक्रहरुमा उनको माग असाध्यै बढेको पनि पाईन्छ।
अन्य समयमा भन्दा अलि बढि ब्यस्त हु्न्छन् उनि तिज नजिकिदै गर्दाको समयमा, ब्याङ्ग्यात्मक गितहरु एवं ठट्याउलि गित हरुबाट आफुलाई प्रस्तुत गर्दै आईरहेका उनले गाम बेशी म्युजिक प्रा.लि. मार्फत भर्खरै मात्र दाँत भाच्चीयो बोल को निकै मिठो गित बजारमा सार्बजानिक गरेका छन्।
यस गितमा शब्दरसगींत उनि आफैले गरेका छन् भने स्वर करिश्मा बि.सी. र उनकेै स्वर रहेको छ
नरेश सिंह,रिना थापा, धुब्र कमेडी र काउली बुढीको बेजोड अभिनय रहेको उक्त गितमा क्यामेरा बासु न्यौपानेले चलाएका छन् त्यसै गरि सम्पादन रबिन बि.क.ले गरेका छन् भने निर्देशन अशोक बि.क.ले गरेका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।