ओलीको शव तीन दिनपछि उठाईयो – यस्तो भयो सहमति



बिष्णुकुमार देवकोटा

दाङ । शनिबार बसको ठक्करबाट मृत्यु भएका बबई गाँउपालिका वडा नं ५ बबरपुरका २२ बर्षीय मान सिंह ओलीको शव तीन दिनपछि उठाईएको छ । पिडित पक्ष प्रहरी जनप्रतिनिधीको छलफल पछि पिडित पक्षलाई कानुन वमोजिम रकम उपलव्ध गराउँने सर्वपक्षिय सहमति पछि शव उठाएको ।  जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख राम प्रसाद घर्तिले जानकारी दिनुभयो । राप्ति यातायात सेवा प्रा.लि. अन्तर्गत संचालित ना.२.ख.९६३५ नम्बरको बसले ब्याक गरी मारेको भन्दै पीडित पक्षले शव उठाउँन मानेका थिएनन ।  शनिबार पुरन्धारा झरना पिकनिक खाएर फर्किदै गर्दा ओलीलाई आफ्नै घरअगाडि गाडिले ठक्कर दिएको थियो । बनभोजमा नशा सेवन गरेर गाडि चलाएको र जानाजान वलिलाई व्याक गरेर मारेको प्रत्यक्ष दर्शी बिमला ओलीले जानकारी दिनुभयो ।

एक्कासी गाडि रोकिंदा के रैछ भनेर हेर्न जाँदा, श्रीमान्लाई गाडिले हानेको रैछ” बिमलाले भन्नुभयो ।सामान्य चोट पटक लागेको थियो – मेरो श्रीमान लाई केहि नगर भन्दा ब्याक गरेर मारे बिमलाले भन्नुयो ” ओलीका ७० बर्षीय हजुरआमा, श्रीमती दुई नाबालक छोराहरु छन् । स्थानीयले बिमला ओलीलाई रोजगार, नाबालकको पढाई लेखाई को व्यवस्था गरीनुपर्ने माग सहित स्थानीययहरु आन्दोलित भएका थिए । शवको सुरक्षाका लागि ब्यापक रुपमा प्रहरी परिचालन गएिको छ भने कुनैपनि बेला झडप हुन सक्ने अवस्था रहेको छ । ठक्कर दिने गाडिलाई स्थानीयले तोडफोड गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्