प्रधानमन्त्रीको पुत्ला दहन



लहान ।   नेपाल विद्यार्थी संघ सिरहाले सोमबार साँझ सिरहाको लहानमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेविसंघ जिल्ला अध्यक्ष सितल चौधरीको नेतृत्वमा गएको युवाहरू शहिद चौकमा पुत्ला दहन गरेको छ। नेविसंघले तपेश्वर उच्च माध्यमिक विद्यालय काभ्रेका एकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाइ गर्न माग गर्दै सोमबार देशभर प्रधामन्त्रीको पुत्ला दहन गर्ने गरेको निर्देशन बमोजिम लहानमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको जिल्ला अध्यक्ष चौधरीले बताए । २० कात्तिकमा प्रधानमन्त्रीको टाउको जोडिएको फोटो सेयर गरेको आरोपमा प्रहरीले ढकाललाई पक्राउ गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्