देशको पानी, जनताको लगानी सुरु गर्दै दोर्दी–१ जलविद्युत आयोजना



सैघाली खबर
दाङ १३ , साउन
स्वदेशको पानी जनताको लगानी भन्ने मुलनाराका साथ दोर्दी –१ जलविद्युत आयोजनाको जनताको लगानी लाई खुल्ला गर्दै शुक्रवार घोराहीमा जलविद्युत आयोजना र सम्भावनाको खोजका लागि दाङको घोराहीमा आयोजनाको खुल्ला छलफल गरेको छ । उर्जा क्षेत्रको विकासमा सर्वसाधरण नागरिकहरुको लाई उत्साहित पुर्ण सहभागिता वनाउने उद्देश्यले एकदिने परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । लमजुङको दोर्दी खोलामा करिव २ अर्व २९ करोड रुपैयाको लागतमा १२ मेघावट विद्युत उत्पादनका निर्माण सुरु गरिएको उक्त आयोजना आगमी २०७६ मंसिर सम्ममा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

आयोजनाको प्रर्वन्धक निर्देशक विजय कुमार भण्डारीका अनुसार उक्त आयोजनाले लमजुङ जिल्ला वाट विद्युत उत्पादन गरी देशका अन्धकार रहेकाले गाँउहरु उज्यालो वनाउने लक्ष्यका साथ आयोजना सुरु गरिएको वताए । मुलुक समृद्धि र विकास लागि नागरिकहरुको सहभागिता अति आवश्यक पर्ने भएकाले जनताको जनताको नमुना योग्य विकास लागि आयोजनाले नागरिक सहभागिताको रणनिति सहित आयोजना निर्माण सुरु गर्न लागिएको उनले वताए ।

नेपाल सरकार उर्जा मन्त्रालय वाट उत्पादन अनुमति पत्र लिई नागरिक सहभागिताका लागि आयोजनाले विभिन्न जिल्लामा आयोजना स्तरिय खुल्ला छलफल र पयरिचयात्मक कार्यक्रमको विच जिल्लामा दौडानमा रहेको जानकारी दिए । नेपाल विद्युत प्राधिकरण सँग बिद्युत खरिद सम्झौता (पिपिए) गरि सकेको छ। यस आयोजनाको सानिमा बैंक लि. को अगुवाइमा लक्ष्मी बैंक लि.,कृषि विकास बैंक लि., कैलाश विकास बैंक लि. र यति बिकास बैंक लि. सँग ऋण सम्झौता गरि सकेको छ ।

आयोजनाको लागि आवश्यक जग्गा खरिद गरि सकेको छ । आयोजनाले आफ्नो आयोजना स्थल सम्मको लागि बाटो पु¥याइ सकेको छ । आयोजनाले आवास गृहको निमार्ण पनि गरिसकेको छ । आयोजनाको लागि २.५ कि.मि सुरुङ्ग र ६६५ मि. पाइप जडान गरिने छ । सिइडिवि हाइड्रो फण्ड को लगानी रहेको दोर्दी–१ जलविद्युत आयोजनाले हाल साना लगानीकर्ताहरु वाट पनी लगानी जुटाइ रहेको छ । आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले लगानी गर्न सक्ने जानकारी  दिए ।

कम्पनीले निमार्ण अवधिमै प्राथमिक सेयर निष्काशन (आइ.पि.ओ.) गर्ने उद्देश्य लिएको छ । प्रत्येक नागरिकहरुले न्युनतम १ लाख देखी अधित्तम ५ करोड सम्म मात्रै लगानी लगाउने सकिने नितिगत व्यावस्था लागु गरिएको मोनीबल व्यापार सेवा प्राली दाङका दिपक सेठीले जानकारी दिए । उनले भने दाङ वासीका लागि पनि यो सुनौलो र समृद्धिको अवसर सिर्जित भईरहेकाले दाङ लाई उज्यालो उन्मुख वनाउन प्रेरणा मिल्ने उनले वताए ,

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्