दुर्घटना

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

By थाहा अनलाइन

November 13, 2018

दाङमा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा लु २१ प ५३४८ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा अन्दाजी ६० बर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परि प्यूठानको माण्डवी गाउँपालिका वडा नं. १ कुमलटारका २० बर्षीय कमल अधिकारी गम्भीर घाइते भएको दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए । दाङमा प्रारम्भीक उपचारपछि गएराति नै अधिकारीलाई बाँकेको कोहलपुर मेडिकल कलेज पठाईएको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन सकेको छैन ।