मुख्य समाचार

घोराही सिमेन्ट उद्योगद्धारा समुदायीक वनलाई ३५ सय विरुवा प्रदान

By थाहा अनलाइन

July 28, 2017

जीवन नेपाली दाङ १३ , साउन । दाङको बंगलाचुली गाउँपालिका ३ लेखतापामा रहेको सरस्वती सामुदायिक वनमा शुक्रवार वृक्षारोपण गरीएको छ । घोराही सिमेन्ट उद्योगले वनलाई प्रदान गरेको ३५ सय विरुवा रोपीएको हो । वनमा १५ सय सुगन्धकोकीला अर्थात मालागेढी, १ हजार चीउरी र १ हजार दालचीनीको विरुवा रोपीएको वनसमुहका अध्यक्ष मधुसुधन पुनले जानकारी दिए ।

स्वरसवती सामुदायिक वनसमुहले घोराही सिमेन्ट उद्योग संग विरुवा माग गरेपछि उद्योगले सो विरुवा उपलब्ध गराएको अध्यक्ष पुनले जानकारी दिए । सिमेन्ट खानी प्रभावीत वस्तीको खाली जमीनमा वृक्षारोपण गर्नका लागि उद्योगले विरुवा प्रदान गरेको हो ।