दलित संघ दाङको नेतृत्व चयन अझै अन्यौलमा



गिरिराज नेपाली
दाङ १३ , साउन

नेपाल दलित संघ दाङले अझै नेतृत्व पाउन सकेको छैन । गत फागुन २० गते नेपाल दलित संघ दाङको नयाँ नेतृत्व चयनका लागि उद्घाटन सत्र सम्पन्न भईसकेको छ । तर उद्घाटन सत्र समापन संगै बन्द भएको बन्द सत्र अझै खुल्न नसक्दा नयाँ नेतृत्व पाउन सकेको छैन ।
नेपाल दलित संघको नयाँ नेतृत्वका लागि जिल्लामा शिर्षस्थ नेताहरुले व्यक्तिमुखी गराउन खोज्दा दलित संघ दाङको नयाँ नेतृत्व चयन प्रक्रिया अझै अन्यौलमा परेको छ । नेताहरुको व्यक्तिवादी स्वार्थ र पार्टी भित्रको चरम गुठवन्दीका कारण नयाँ नेतृत्व चयन अझै अन्यौलमा परेको दलित नेताहरु वताउछन ।

नेपाल दलित संघ दाङका अध्यक्षका प्रत्यासी प्रकाश नेपालीले दलित संघ दाङले ६ महिना अघि नै पाईसक्नु पर्ने नयाँ नेतृत्व अझै पाउन नसक्दा संघ अन्यौलमा परेको वताए । पार्टी नेतृत्वपंक्तीमा चरम गुठवन्दी र व्यक्तिमुखी स्वार्थका कारण संघको नेतृत्व चयन ६ महिना देखी अन्यौलमा परीरहेको छ । जसका कारण पार्टीले पनि ठुलो नोक्सानी खेप्नु परीरहेको देखिन्छ । पार्टीको स्वचालित अङ्ग भनेको नै भात्तृ संघ–संगठनहरु हुन । तर भात्तृ संघ संगठन नै अपाङग रहीरहदा पार्टी लाई त्यत्तिकै असर परीरहेको उनले वताउछन । यस वारे पार्टी नेतृत्व पंक्तीले कुनै पहल र प्रयास गर्न सकेका छैनन । उनले भने – ‘ पार्टीको मेरुदण्ड नै भात्तृ संघ–संगठन रहेकाले भात्तृ संगठन लाई स्वाचालित वनाउने जिम्मेवारी नै पार्टीपंक्तीहरुमा जान्छ । ’ उनले भने जिल्लाको पार्टी निर्माण र भात्तृ संगठन परिचालन जिल्ला वाट गरिनु पर्ने भनाई राख्दै उनले भने ‘ दलित शिर्षस्थ नेताहरुको हालीमुहाली दाङमा हावी हुदा दाङले सही नेतृत्व उपयुृक्त समयमा पाउन सकेको छैन । ’ उनले अझै थपे –जिल्लाको भात्तृ संगठन माथि केन्द्रिय राजनितिक हस्तक्षेपकारी भुमिका रहदा दाङ केन्द्र वाट अन्यौलको शिकार वन्नु परेको छ । जिल्लाको पार्टी पंक्तीमा केन्द्रिय राजनितिक धारको हावी हुदा भात्तृ संगठनमा पनि जिल्लाका नेताहरु विचको स्वार्थपना देखिएको छ ।

त्यस्तै दलित संघका नेता तथा कार्यकर्ताहरु पनि संगठन मुखी भन्दा नेतामुखी राजनितिक भाव र चरित्रले संघलाई परिचालन गर्न खोजेकाले दलित संघ नेतृत्व चयनमा चरम आन्तरिक तिक्तता र विभाजन देखिएको छ । जसका कारण पार्टीले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा ठुलो मुल्य गुमाउनु परेको उनको विश्लेषण छ । दलित नेता तथा कार्यकर्ताहरु लाई साँगठनिक जिम्मेवारी पार्टीले दिलाउन नसक्दा दलित नेता तथा कार्यकर्ताहरुमा पार्टीगत सक्रियता कमजोर वनेको उनले ठहर गरे । उनले भने ‘जसका कारण पार्टीले नसोचेको परिणामको सामना गर्नु परेको महसुस गर्नु परेको छ । ’ स्थानिय तहको निर्वाचन नजिकिए संगै दलित संघ दाङको नयाँ नेतृत्व चयन प्रक्रिया पार्टीले अघि नवढाए पनि निर्वाचन लगत्तै नयाँ नेतृत्व संघ लाई प्रदान गर्ने पार्टीले प्रतिवद्धता जनाए पनि निर्वाचन सकिएको महिना दिन वितिसक्दा समेत यस विषयमा पार्टीले कुनै पहल कदमी लिन सकेको छैन । संघका नेता तथा कार्यकर्ताहरु लाई पार्टी नेतृत्व पंक्तीले चुनाव सकिए लगत्तै बन्द सत्र सुरु गरी लोकतान्त्रिक विधि विद्यानमा रही दाङको नयाँ नेतृत्व चयनको निकास निकाल्ने आश्वासन दिए पनि हाल सम्म संघले नयाँ नेतृत्व पाउन नसक्दा दलित नेता तथा कार्यकर्तामा चरम निरासा फैलिएको छ ।

नेपाल दलित संघका केन्द्रिय उपाध्यक्ष कृष्ण विके ‘रसाईली’ जिल्लाको नेतृत्व चयनका लागि केन्द्र वाट प्रतिनिधित्व गर्दै जिल्ला भित्रिएका थिए । नेतृत्व चयनमा पार्टी भित्रैको आन्तरिक तालमेल मिल्न नसक्दा संघको नयाँ नेतृत्व चयन लाई मुर्त रुप नदिई उनी केन्द्रमा फर्किएका थिए । उनले राप्ती समाचार राष्ट्रिय दैनिक संग कुरा गर्दै भने – ‘ दाङ काँग्रेसको उर्वर भुमि रहे पनि , नेता तथा कार्यकर्ताहरुको अन्र्तविरोधाभासका कारण भात्तृ संगठनहरु अन्यौलमा परेका छन । ’ संघका स्वर्गिय सभापति दिनेश नेपालीको स्वर्गारोहण भएको दुई वर्ष वितिसक्दा समेत संघले नेतृत्व पाउन नसक्नु भनेको पार्टीको नै लापरवाही हो । जिल्लामा पार्टीका नेता तथा कार्यकर्ताहरु आन्तरिक विभाजन र गुठगत स्वार्थमा लागेको केन्द्रले जिम्मेवारी तोकेर मात्रै पठाउने हात लागेको उनले वताए । जसका कारण भात्तृ संगठन नेपाल दलित संघ नै पछि पर्दै गरेको उनले चिन्ता व्यक्त गरे ।
त्यस्तै नेपाली काँग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले संघको नेतृत्व चयनका लागि पार्टीको ध्यान केन्द्रित रहे पनि सम्पन्न स्थानिय तहको निर्वाचनका कारण स्थगन गर्नु पर्ने वाध्य भएको उनले वताए । स्थानिय तहको मिति नजिकिए संगै सिङगो पार्टीको ध्यान स्थानिय तहको निर्वाचनमा केन्द्रित भएकाले संघको नेतृत्व चयनमा ढिलाई भएको उनले वताए । उनले भने –‘ पार्टी सकारात्मक रुपमा लागि परेको छ । ’ तर संघले नेतृत्व नपाउन सक्दा पार्टी लाई क्षति भएको हो । भन्ने कुरा कतै पुष्ट्रि नहुने र संघले नेतृत्व पाउन नसक्दा पार्टीले पराजयको सामाना गर्नु परेको हो भन्न सकिदैन । सचिव डाँगीले दलित संघ दाङले अव छिट्टै नयाँ नेतृत्व पाउने समेत विश्वास व्यक्त गरे । संघले नेतृत्व पाउनु केही ढिलाई भएकै छ । त्यो साँचो हो ‘ तर अव पार्टीले अन्य काम लाई संघको नेतृत्व चयन लाई प्राथामिक्ता दिईरहेकाले संघले नयाँ नेतृत्व अवको केही समयमा नै पाउन सक्ने छ । प्रदेशको निर्वाचन नजिकिदै गईरहेकाले संघको नेतृत्वमा केही दिन तलमाथि पर्न सक्ने समेत उनले जानकारी दिए ।

दलित संघ दाङको नयाँ नेतृत्वका लागि जिल्लाका ४ दलित नेताहरु अहिले अध्यक्षको प्रत्यासीको लाईनमा उभिएका छन । प्रकाश नेपाली , बाबुराम विश्वकर्मा ,लोका विक र खेमराज विश्वकर्मा अहिले अध्यक्षको प्रत्यासीमा देखिएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्