सैघाली खबर
दाङ १४ , साउन
दाङमा पहिलो पटक शौचालय सुविधा सहितको यातायात सेवा सुरु गरिने भएको छ । साहारा यातायात प्रालीले दाङ वाट पहिलो पटक शौचालय सहितको स्तरिय यातायात सेवा सुरु गर्ने भएको छ । ‘हामी सवैको साहारा , साहारा यातायात ’ भने मुलमन्त्रका साथ यही भदौ १ गते देखी दाङको घोराही वाट सेवा सुरु गर्न लागिरहेको छ ।
प्रालीले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यात्रुवर्गहरु लाई मध्येनजर गर्दै उचित शौचालय सहितको यातायात सेवा सुरु गर्न लागिएको सार्वजानिक गरेको हो । प्रालीका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्ष्तामा सम्पनन कार्यक्रममा अध्यक्ष केसीले ४ करोडको लगानीमा प्रालीले दिवा र रात्री सेवा गरी ५ वटा सुविधा सम्पन्न एसी र शौचालय सहितका वस र १० वटा स्तरिय सेवा सहितको डिलक्स वस संञ्चालन गर्न लागिएको जानकारी दिए । उनले हाल जिल्ला वाहिरको लामो दुरीका लागि सेवा सञ्चालन गरी यात्रुहरु लाई स्तरिय सेवा प्रदान गर्नै वताए ।
नेपाल सरकारले निर्धारण गरेको भाडाँदर कायम गरी विद्यार्थी , अपाङ , महिला र जेष्ठ नागरिक लाई विशेष आरक्षणको व्यावस्था गरी सेवा सुरु गर्न लागिएको केसीले वताए । तत्काल दाङ देखी काठमाण्डौ सेवा सुरु गरी दाङ वासी लाई सहज यातायात सेवा दिने प्रालीको मुख्य उद्देश्य रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।